लमजुङको भुलभुलेमा सिभिल बैंकको एटिएम

आर्थिक आवाज
लमजुङ । सिभिल बैंक लिमिटेडले लमजुङको भुलभुलेमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएकोछ । सेवाको बुधबार एक कार्यक्रमका बीच मस्र्याङदी गाउँपालिका अध्यक्ष अजुन गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै गुरुङले ग्रामीण क्षेत्रमा समेत बैंकहरुले पहुँच पुग्नुपर्ने बताए ।

बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न आफूहरु सफल रहेको बताए । बजारसँगसँगै ग्रामीण क्षेत्रलाई समेत प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए । बैंकले ९६ शाखाबाट बैंकिङ सेवा पदान गर्दै आइरहेको छ । एटिएम संख्या ६३ पुगेको केसीले जानकारी दिए ।

You might also like

Comments are closed.