‘लाइफटाइम वारेन्टी नै किचको विशेषता हो’

निकुञ्ज अग्रवाल
कार्यकारी निर्देशक, पार्थ इन्टरनेशनल प्रालि

भारतीय प्रशिद्ध कम्पनी किचका उत्पादनहरु नेपाली बजारमा बिक्री सुरुवात भएको छोटो समयमा नै लोकप्रिय बनेका छन् । किच ब्राण्डका स्टेनलेस स्टिल हार्डवयरहरु नेपाली बजारमा पार्थ इन्टरनेशनल प्रालिले आधिकारिक बिक्रीवितरण गर्दै आइरहेको छ । डिलरहरुमार्फत नेपालभरको बजारमा किचका प्रडक्टहरु पुगेका छन् । यसैक्रममा किच ब्राण्डमा केन्द्रित रहेर पार्थ इन्टरनेशनल प्रालिका कार्यकारी निर्देशक निकुञ्ज अग्रवालसँग आर्थिक आवाजले गरेको कुराकानीः

किचका कुनकुन प्रडक्ट नेपाली बजारमा उपलब्ध छन् ?

किच ब्राण्डका स्टेनलेस स्टिल हार्डवयरहरु नेपालमा बिक्री भइरहेका छन् । किचका ३१६ ग्रेडका हार्डवयर फिटिङ, रेलिङ फिटिङ तथा ग्लास रेलिङहरु नेपाली बजारमा बिक्री भइरहेका छन् । स्टेनलेस स्टिल हार्डवयर उत्पादन गर्ने किच कम्पनी भारतको ठूलो कम्पनी मध्यमा पर्छ । किचका लागि नेपालको आधिकारिक बिक्रेता पार्थ इन्टरनेशनल प्रालि हो । लाइफटाइम वारेन्टी हुने यो प्रडक्ट नेपाल, भारतसहित संसारका करिब ३ दर्जन देशमा बिक्री हुँदै आइरहेकोछ ।

jutta mela

नेपाली बजारमा किचको बिक्री कस्तो छ ?

किच गुणस्तरीय उत्पादन हो । नेपाली बजारमा किचले ग्राहकको विश्वास जित्न सफल छ । व्यावसायिक भवन, होटल, हस्पिटल, ठूला महल, विमानस्थल, हाइड्रोपावर, उद्योग लगायतका क्षेत्रका लागि किचका उत्पादन बढी उपयोगी छन् । यी क्षेत्रमा प्रयोग पनि भइरहेको छ । ठूला ठूला प्रोजेक्टहरुमा किचकै ब्राण्डहरु प्रयोगमा आउने क्रम बढिरहेको छ ।

किचका प्रमुख विशेषताहरु केके छन् ?

सन् २०१६ मा भारतको नेशनल अवार्ड जित्न सफल किचले इन्डियन डिजाइन मार्क अवार्ड पनि प्राप्त गरेको छ । किचले अन्य दर्जनौं अवार्डहरु जित्न सफल छ । पानी तथा धुलोले खिया नलाग्नु पनि किचको विशेषता हो । ब्राण्डेड सामानलाई बजारमा सुपथ मूल्यमा बिक्री गर्न सक्नु पनि यसको विशेषता हो । एक पटक प्रयोग गरेपछि जीवनभरका लागि ठुक्क हुन्छ ।

नेपालमा कहिलेबाट किचको बिक्री सुरु भएको हो ?

किचका उत्पादन नेपालमा बिक्री सुरु भएको २ वर्षमात्रै भएको छ । काठमाडौं र विराटनगरबाट बिक्री सुरुवात गरेको प्रालिले देशभर बजार विस्तार गर्ने क्रम जारी छ । पोखरासँगै इनरुवा, काठमाडौंकै पुतलीसडकमा शोरुम विस्तार गरिसकेका छौं । नेपालगञ्ज, भैरहवा, बुटवल लगायतका क्षेत्रमा पनि बजार विस्तार गर्ने तयारी छ ।

ग्राहक सन्तुष्ट छन् ?

हाम्रा सम्पूर्ण ग्राहक सन्तुष्ट हुनुहुन्छ । एकपटक किचका सामान प्रयोग गरिसकेका ग्राहकले अरुलाई पनि यही सामान प्रयोग गर्न सिफारिस गर्ने गरेको हामी पाउँछौं । नेपालमा बिक्री सुरुवात भएको छोटो समयमा नै हजारौं ग्राहकलाई सेवा प्रदान गर्न सफल भएका छौं । झ्याल, ढोका, बाथरुम भ¥याङमा प्रयोग हुने स्टिल तथा फर्निचरका लागि किचको माग बढिरहेको छ । साना तथा ठूला विकासका प्रोजेक्टहरुमा पनि किच प्रयोग गर्ने क्रम बढिरहेको छ ।

पोखरामा किचको माग कस्तो छ ?

किच ब्राण्डका स्टेनलेस स्टिल हार्डवयरहरुका लािग पोखरामा क्षेत्रको आधिकारिक बिक्रेता राजा ग्लास हाउस चिप्लेढुंगा हो । किच ब्राण्डका हार्डवयर स्टिलहरु पोखरा भित्रिएको छोटो समयमा नै ग्राहकमाझ लोकप्रिय भएको पाएका छौं । प्रयोगकर्ताबाट राम्रो प्रतिक्रिया पनि आइरहेको छ । पोखरासँगै देशभरको बजारमा यसको बिक्री दर बढिरहेको छ ।

You might also like

Comments are closed.