लागुऔषधविरुद्ध लर्निङ होमको कार्यक्रम

तनहुुँ, ५ फागुन
व्यास १ भादगाउँस्थित लर्निङ होम फाउन्डेसन नेपालले र्दुव्यसनविरुद्ध सचेतना कार्यक्रम गरेको छ ।  कार्यक्रममा फाउण्डेशनका कार्यक्रम संयोजक अमृतबहादुर थापाले लागुऔषध दुव्र्यसन समाज विकासको बाधक भएको बताए । अब हरेक युवाले लागुऔषध र्दुव्यसनको खुलेर प्रतिवाद गर्नु पर्ने बेला आएको छ थापाले भने । किशोरावस्थाका युवाहरु बढी लागूऔषधको लतमा फसेको चर्चा गर्दै थापाले यसबाट बच्न सजग हुन आग्रह गरे ।

संस्थाका परामर्शकर्ता प्रितम श्रेष्ठले विगतमा नजानिंदो तवरले लागुपदार्थको लतमा फसेको र धेरै दुख कष्ट भोगेको अनुभव सुनाउँदै अबका युवा पिंढी त्यो दर्दनाक अवस्थामा नपुग्न तथा लागु पदार्थर्को लतमा नफसुन् भन्ने उद्देश्यका साथ संस्था स्थापना गरेको जानकारी दिए । संस्थाका सदस्य ईश्वर बाँस्तोलाले लागुऔषधले पु¥याउने असर र यसका न्युनिकरणका उपायका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा अभिभावकले कसरी आफनो बालबच्चाको निरानी गर्ने तथा लागुपदार्थको प्रयोग गरेको छ कि छैन भनी कसरी थाहा पाउनेको बारेमा जानकारी दिईएको थियो ।

कार्यक्रममा २० जना भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो । स्थापना कालदेखि नै लागुऔषधको विरुद्धमा हुने विभिन्न प्रकारमा चेतनामुलक कार्यक्रम प्राविधिक एवंम् परामर्शसेवा निःशुल्क रुपमा सहयोग गदै आएको संस्थाले जनाएको छ । विगतमा लागुपदार्थको लतमा लागेर हाल नयाँ आशाको किरण सुधार गृहमा सुधार गरिरहेका युवाहरुले र्दुव्यसनमा लाग्नु अघि र र्दुव्यसनमा लाग्दै गर्दा र अहिले सुधार लिइरहँदा आफ्नो अनुभव सुनाएका थिए ।

lcci
You might also like

Comments are closed.