लामाचौरमा निशुल्क शिविर हुने

पोखरा, १६ जेठ

नवआदर्श सामुदायिक विकास समाज पोखरा १६ लामाचौरको आयोजनामा आगामी शनिबार निशुल्क रक्त परीक्षण शिविर आयोजना हुने भएको छ । पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा हुने शिविरमा थाइराइड (टिएसएच) र रगतमा हुने खराब बोसो(टिजी) निशुल्क जाँच गरिनेछ ।

युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गरी आयोजना गरेको यो ७२ औं शिविर हो । युआरएलका प्रबन्ध निर्देशक ठाकुप्रसाद पन्तले स्वास्थ्य सेवामूलक क्षेत्र भएकाले सामाजिक दायित्व वोध गरी विभिन्न कार्यक्रम गर्दै आएको बताए । मधुमेह, थाइराइड तथा हर्माेन रोग विशेषज्ञ डा. तारा कोइरालाले विभिन्न रोगबारे सचेतना दिने शिविरमा अन्य सबै प्रकारका रक्त परीक्षणमा समेत ५० प्रतिशत छुट दिइने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.