लामो दुरीका सार्वजनिक यातायात र हवाई उडान खुलाउने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं ।

भदौ १ गतेबाट लामो दुरीका सवारी साधन र हवाई उडान खुलाउने निर्णयबाट सरकार पछाडि हटेको छ । राजधानी काठमाडौंसहित देशभर कोरोनाको जोखिम र संक्रमण दिनप्रतिदिन बढिरहेकाले तत्काल लामो दुरीको सार्वजनिक यातायात र हवाई उडान खुलाउन नसकिने निर्णयमा सरकार पुगेको हो ।

लामो दुरीका सवारी साधान र हवाई उडान भदौ १६ गतेदेखि मात्रै खोल्ने निर्णय सोमबार बसेको मन्त्रीपरिषदले गरेको हो । कोरेना संकट व्यवस्थापन समितिले भदौ १ देखि हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात सेवा सञ्चालन गर्न नहुने सिफारिस सरकारलाई गरेको थियो ।

You might also like

Comments are closed.