लायन्सको ब्राण्डिङ गर्दै पढाऔं अभियान

सुरेन्द्र पौडेल
मिडिया रिलेसन कमिटि मेम्बर
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे आजसम्म लायन मेम्बर होइनन् । सदस्य नभएपनि लायन्सका राम्रा गतिविधिमा उनको सहभागिता छ । लायन्सको एउटा कार्यक्रममा अतिथिका रुपमा बोल्ने क्रममा उनले लायन्सको ‘पढाऔं अभियान’ का लागि ५० हजार रुपैयाँ सहयोग घोषणा गरे । संघको अध्यक्षको कार्यकाल सकिने बित्तिकै लायन्सको सदस्य बन्ने प्रतिबद्धता पनि उनको छ । पढाऔं अभियान जस्तै लायन्सका केही रचनात्मक कामले उनलाई लायन बन्न प्रेरणा मिलेको हुनुपर्छ । पढाऔं अभियानमा गैरलायन्सबाट सहयोग गर्ने पालिखे एउटा उदाहरण मात्र हुन् । यो अभियानमा लायन्स क्लब र लायन सदस्य भन्दा बाहिरबाट मात्र १ करोड रुपैयाँ भन्दा बढीको प्रतिबद्धता आइसकेको छ । यसले के स्पष्ट गरेको छ भने लायन्सका राम्रा गतिविधिमा लायन्स भन्दा बाहिरी क्षेत्रबाट पनि साथ, सहयोग र समर्थन छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले आफू गभर्नर भएपछि ‘पढाऔं अभियान’ कार्यक्रम सार्वजनिक गर्नुभएको हो । अरुले भन्दा केही फरक गर्नुपर्छ भन्ने मान्यता राख्ने गभर्नर आचार्यको यो अभियानले नेपाली लायन्सलाई थप ‘ब्राण्डिङ’ गरेको छ । लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर बन्नुभएका आचार्यले आफ्नो कार्यकालमा विभिन्न सयवटा कार्यक्रम तर्जुमा गर्नुभएको थियो । सम्भवत सबैभन्दा महत्वपूर्ण कार्यक्रम यही पढाऔं अभियान नै हो । जुन कार्यक्रमले नेपाली लायनवादमा दीगो प्रभाव पार्ने निश्चित छ ।

पढाआँैं अभियानमा रकम संकलन हुने क्रम जारी छ । समाज सेवाका क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लायन्सले शिक्षामा योगदान पु¥याउने लक्ष्यसहित उक्त अभियान सञ्चालनमा ल्याएको हो । जुन अभियानले सरकारको साक्षरता अभियानमा पनि योगदान पु¥याउनेछ । शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म जाने वातावरण बनाउन सबैले सघाउनुपर्ने बताउँदै गभर्नर आचार्यले यो अभियानमा साथ दिन आग्रह गर्दै आउनुभएको

छ । उहाँलाई डिष्ट्रिक्टका सबै लायन्स लिडर तथा क्लबहरुबाट प्रत्यक्ष साथ मिलेको छ । सबैको साथबाट नै आजसम्म उक्त अभियानका लागि करिब ५ करोड ५० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको छ । ७० लाख रुपैयाँ भन्दा बढी खातामा जम्मा भइसकेको छ । पढाऔं अभियानको कोषमा १० वर्षमा १ अर्ब रुपैयाँ जम्मा हुनेमा गभर्नर आचार्य विश्वस्त हुनुहुन्छ । पढाऔं अभियानले नेपालको शिक्षा क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ । नेपालका दूरदराजमा रहेका लाखौं विद्यार्थी शिक्षाबाट बञ्चित रहेकाले पढाऔं अभियान सञ्चालन गरिएको हो ।

नेपालमा हामीले शहरी क्षेत्रलाई मात्र हेरेर भएन । २१औं शताब्दीमा आइसक्दा पनि नेपालका यस्ता दुरदराजका ठाउँ छन् जहाँका बालबालिकाले अहिलेसम्म विद्यालयको मुखसम्म देख्न पाएका छैनन् । शहरी क्षेत्रमै पनि कतिपय त्यस्ता बालबालिका हामीले देख्न सक्छौं । विशेषगरी गरीबी तथा अन्य विविध कारणले विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाइको हो । यो हाम्रो डिष्ट्रिक्टको महत्वपूर्ण अभियान हो, जुन अभियानमा रकम बढाउन अझ सबैले पहल गर्न आवश्यक छ । पढाऔं अभियानमा लायन्स र गैरलायन्स दुवैको योगदान रहने भएकाले लायन्सको क्षेत्र अझ फराकिने बन्नेछ । डिष्ट्रिक्टका कोचिफ एडभाइजर चन्द्र कुमार के.सी.ले उक्त अभियानको संयोजन गरिरहनुभएको छ ।

डिष्ट्रिक्टले यस वर्ष अगाडि सारेको महत्वपूर्ण काम हो, ‘पढाऔं अभियान’ । लायन्स क्लब इन्टरनेशनलले बितेका सय वर्षमा अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम गरेको छ । अबको फोकस एरिया लायन्सले मधुमेहलाई बनाएको छ । नेपालको सन्दर्भमा यस बाहेक लायन्सलाई ब्राण्डिङ गर्ने र साचो अर्थमा सामाजिक सेवा पनि हुने हिसाबले पढाऔं अभियान शुरु भएको मान्न सकिन्छ । यसमा ३ पक्ष छन् । एउटा पक्ष डिष्ट्रिक्को कार्यकारी समिति हो । लायन्स वा

गैर लायन्स जो सुकै भएपनि ट्रस्टी बनेर स्वर्गीय वा जीवित आफन्त तथा आफू वा अरु कसैको नाममा अक्षय कोष निर्माण गर्न सक्नेछन् । यसलाई सञ्चालन गर्ने क्रममा ईच्छाइएको व्यक्ति १ जना सदस्य हुन्छ । ३ जनाको एउटा कमिटि बन्छ र कसलाई छात्रवृत्ती दिने भन्ने निर्णय गर्छ । यो कोष अविछिन्न रुपमा चलिरहने बताउनुहुन्छ गभर्नर आचार्य । यो अभियान सफल पार्ने हामी सबैको दायित्व हो ।

lcci
You might also like
1 Comment
  1. thakur adhikari says

    good news

Comments are closed.