लायन्स क्लब अफ पोखरा फेवा फुलबारीमामा युवराज बोहोरा

पोखरा, २४ चैत । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीको अध्यक्षमा युवराज बोहोरा सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनले आगामी वर्ष २०१९÷२० को लागि नयाँ नेतृत्व चयन गरेको निर्वाचन संयोजक निबर्तमान अध्यक्ष गोविन्द गौतमले जानकारी दिए ।

क्लबको प्रथम उपाध्यक्षमा छविलाल पौडेल, द्वितीय उपाध्यक्षमा कुन्दनराज शर्मा, तृतीय उपाध्यक्षमा संगिता पौडेल, सचिवमा गुरु प्रसाद पौडेल र कोषाध्यक्षमा टीकाराम कार्की चयन भएका छन् । क्लबका वर्ष २०१८÷१९ का अध्यक्ष सञ्जय बस्नेतको अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शंकर बहादुर जिसी र मातृ क्लब लायन्स क्लव अफ पोखरा लेक सिटीका अध्यक्ष बाालकृष्ण न्युरे एवं सचिव लक्ष्मण तिमिल्सिनाले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.