लायन्स क्लब अफ पोखरा लामाचौरमा पुन सञ्जय लामा

आर्थिक आवाज
पोखरा, १३ चैत । लायन्स क्लब अफ पोखरा लामाचौरको अध्यक्षमा पुनः सञ्जय लामा सर्वसम्मत निर्वाचित भएका छन् । मंगलबार सम्पन्न अधिवेशनले उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

क्लबको प्रथम उपाध्यक्षमा ज्ञानु पाख्रिन, द्वितीय उपाध्यक्षमा प्रेम विक, तृतीय उपाध्यक्षमा सृजना कार्की, सचिवमा तिलु खवास, सहसचिवमा शान्ति शाही, कोषाध्यक्षमा अजिस पाख्रिन, सहकोषाध्यक्षमा बेलबहादुर पुन चयन भए । एमसिपीमा लक्ष्मी नेपाली, टेलटुइस्टरमा मिनबहादुर बिक, टेमरमा लक्ष्मी तामाङ, पिआरओमा शेरबहादुर गुरुङ निर्वाचित भएका छन् ।

स्वास्थ्य निर्देशकमा राजु गिरी, सर्भिस चियरपर्सन गीता नेपाली, वातावरण निर्देशक माया जलारी, वृक्षरोपण निर्देशक विष्णु खड्का, रक्तदान कार्यक्रम निर्देशक तारा पुन, स्कुल सपोर्ट कार्यक्रम निर्देशकमा कमलप्रसाद विक, शिक्षा निर्देशक डिवी पुन, मार्केटिङ चियरपर्सनमा विजय सुन्दास, क्लब चियरपर्सन निर्देशकमा कमला थापा चयन भएको अध्यक्ष लामाले जानकारी दिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.