पोखरा, १७ चैत । लायन्स क्लब अफ पोखरा हेल्पफुल ह्याण्ड्सको २०१९/२० को अध्यक्षमा तेज अधिकारी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनी निर्विरोध निर्वाचित भएको हुन् ।
क्लबको प्रथम उपाध्यामा अञ्जु नेपाली, द्वितीय उपाध्यक्ष दुर्गा सुनार, तृतीय उपाध्यक्ष नर कुमार सुनार, सचिव कृष्ण नेपाली, सहसचिव विनोद सुनार, क्लब एडमिनिस्ट्रेटर विमल गुरुङ, कोषाध्यक्ष दामोदर डुम्रे, सहकोषाध्यक्ष प्रेम सुनार, मेम्वरसिप चियरपर्सन बुद्ध कार्की, पिआरओ रामकुमार राई, एलसिआईएफ कोअर्डिनेटर मन बहादुर सुनार, क्लव सर्भिस चियसपर्सन मणि अधिकारी, टेल टुईस्टर गणेश सुनार, टेमर निर्दोष डुम्रे, क्लब मार्केटिङ चियरपर्सन विपिन सुवेदी चयन भएका छन् ।
कार्यक्रममा बोल्दै लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि वानका चिफ पिआरओ परमेश्वर बरालले नयाँ कार्यसमितिलाई बर्धा तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा रिजन चियरपर्सन माधव पौडेल, जोन चियरपर्सन डि वी विश्वकर्मा लगायतले वोलेका थिए । क्लबका अध्यक्ष मोहन सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव दुर्गा सुनारले गरेका थिए ।
Comments are closed.