पोखरा, २० वैशाख ।
लायन्स क्लब अफ पोखरा फेवा लेकसिटीको अध्यक्षमा गुणानिधी पाण्डे निर्वाचित भएका छन् । बुधवार सम्पन्न अधिवेशनले पाण्डेको अध्यक्षतामा लायन वर्ष २०१९÷०२० का लागि नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा होमराज भट्टराई, द्वितीय उपाध्यक्ष भीम गौतम, तृतीय उपाध्यक्ष लक्ष्मण तिमिल्सिना, सचिव दिवाकर कुमार कर्ण, कोषाध्यक्ष रोशन पाण्डे रहेको निर्वाचन संयोजक शिवराम अधिकारीले जानकारी दिए । निर्वाचन कमिटीमा ऋषि गौतम र छविलाल शर्मा सदस्य रहेका थिए ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथी डिष्ट्रिक्टका जिएमटी कोअर्डिनेटर तोरण कुंवरले नव निर्वाचित कार्यसमितिलाई बधाई दिदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
Comments are closed.