आर्थिक आवाज
पोखरा, १३ वैशाख । पोखरामा आजबाट सुरु भएको लायन्सको सातौं महाधिवेशनमा मारुती सुजुकी गाडीहरु प्रदर्शनीमा राखिएका छन् । नयाँ वर्षको अफरसहित महाधिवेशनका लागि थप छुटमा गाडीहरु बिक्री भइरहेको एसिस्टेन्ट म्यानेजर नवराज अधिकारीले जानकारी दिए ।
१ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म नगद छुटमा सुजुकीका गाडीहरु बिक्री भइरहेको उनले बताए । लायन्स महाधिवेशनलाई लक्षित गरी इन्स्यारेन्स फ्रि, रोड ट्याक्स फ्रि, एक्स्चेन्ज बोनस १ लाख रुपैयाँको अफर ल्याइएको छ । गाडीको मोडल अनुसार छुट प्रदान हुने आधिकारिक बिक्रेता वतास व्रदर्श प्रालि पोखराले जनाएको छ । ६५ प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध छ ।
Comments are closed.