लायन्स ३२५ बि १ द्वारा विभिन्न अस्पतालमा पिपिई सहयोग (फोटो फिचर)

पोखरा । कोरोना संक्रमणको आशंका गरिएका बिरामीहरुको उपचार तथा चेकजाँचलाई सहज बनाउने उद्देश्यले लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १, नेपालले स्वास्थ्य सामग्री सहयोग गरेको छ । पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिईं), माक्स तथा फेससिल्ड विभिन्न अस्पताललाई वितरण गरिएको डिस्ट्रिक्ट गभर्नर ईन्दु लम्सालले जानकारी दिइन् ।

जिल्ला अस्पताल नुवाकोट, जिल्ला अस्पताल गोर्खा, दमौली अस्पताल तनहुँ, आबुखैरेनी स्वास्थ्य चौकी तनहुँ, लमजुङ अस्पताल, राजमार्ग सामुदायिक अस्पताल मलेखु, गजुरी स्वास्थ्य केन्द्र लागायतका अस्पताल एवं स्वास्थ केन्द्रहरुमा उक्त सामग्री बिहीबार हस्तान्तण भएको छ ।

लेखनाथ लायन्स अस्पताल कास्की, वालिङ, स्याङ्जा, गल्याङ, पर्बत, बाग्लुङ, म्यादी र गुल्मीमा शुक्रबार पिपिई लगायतका स्वास्थ्य सामग्री वितरण गरिने डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए ।

डिष्ट्रिक्टले १ सय १० थान पिपिई वितरण गरेको हो । कोरोनाको जोखिममा नेपाल परेकाले त्यसको उपचारमा सहयोग पुर्याउने तथा मुलुक लकडाउन भएपछि खाद्यान्न अभाव भएका विपन्न वर्गलाई सहयोग गर्ने क्रममा आफूहरु सक्रिय रहेको लम्सालले जानकारी दिइन् । ‘आगामी दिनमा पनि हामी राज्यको सहयोगी भएर काम गर्नेछौं,’ उनले भनिन् ।

पिपिई जुटाउन विशेष सहयोग गर्ने लायन्सका एरिया लिडर बालकृष्ण बुर्लाकोटी, रास्ट्रिय आविस्कार केन्द्र, पिएमसिसी राजन लम्साल, वितरणमा सहयोग गर्ने को–चिफ एडभाइजर चन्द्र के.सी.प्रति लम्सालले आभार व्यक्त गरेकी छन् ।

 

You might also like

Comments are closed.