लेउवा संघले कृषि उपज खरिद बिक्री केन्द्र संचालनमा ल्याउने

 

लेखनाथ ।

लेखनाथ उद्योग बाणिज्य संघको अगुवाई र पोखरा महानगरपालिका तथा सासंद विकास कोषको आर्थीक सहयोगमा पोखरा २७ को तालचोकमा कृषि उपज खरिद बिक्री केन्द्र संचालनमा ल्याईने भएको छ ।

jutta mela

लेखनाथ उद्योग बाणिज्य संघले स्थापना संगै यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासको लागि संघको अगुवाईमा बिभिन्न कार्यक्रमहरु संचालन गरिंदै आईरहेकोमा समय सापेक्ष यस क्षेत्रको आर्थिक बिकासका लागि नयां नयां कार्यक्रमहरु संचालन गर्ने उदेश्यले कृषि उपज खरिद बिक्री केन्द्र संचालनमा ल्याउन लागेको हो ।

कृषि क्षेत्रमा उत्पादित बिभिन्न उपजहरु उत्पादन हुने तर बजारीकरणको लागि यस क्षेत्रमा नभई पोखरा सम्म पुर्याउनु पर्ने र खरिद कर्ता पनि पोखरा सम्म गई खरिद गरी पुन यसै क्षेत्रमा ल्याउनु पर्दा उत्पादित बस्तु खरिद बिक्रीको लागि लागत बृद्धि हुन जानुको साथै ताजा बस्तु उपभोग गर्न समेत नपाईने अवस्थालाई ध्यानमा राखि उत्पादित बस्तुलाई एकै थलोमा संकलन गरि बिक्रि बितरण गर्ने उदेश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गर्न लागिएको हो ।

निर्माण सम्पन्न भएको कृषि उपज खरिद बिक्री केन्द्रमा २६ वटा शटरहरु रहने र सो को कुल खर्च करिव रु १ करोड ५० लाख हुने अनुमान गरिएको छ । निर्माण सम्पन्न भएको कृषि उपज संकलन केन्द्रको उद्घाटन संघको २४ औं स्थापना दिवसका अवसरमा यही आषाढ २० गते गरिने भएको छ । साथै आगामी नयां आर्थिक बर्ष देखि यस क्षेत्रमा बिभिन्न कृषि उपज उत्पाद गर्ने कृषि सहकारी, कृषक समुह तथा कृषकहरुलाई प्राथमिकता दिई संकलन केन्द्र संचालन गर्ने गरी तयारीलाई अगाडी वढाएको संघका अध्यक्ष बलराम ढकालले जानकारी दिए ।।

You might also like

Comments are closed.