लेकसाइडकी शशिकलाले जितिन मिस तामाब पोखरा २०२० ताज

पोखरा : पाँचौ संस्करणको मिस तामाब पोखराको उपाधी लेकसाइडकी शशिकला तामाबले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् ।

उनले मिस ट्यालेण्टको टाइटल पनि जितिन । जितसंगै उनले रु १ लाख नगद, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरिन । प्रमुख
निर्णायक नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले तामाब समुदायको विकासका लागि के योगदान दिनुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अन्य प्रतियोगीलाई पछि पारेकी हुन् ।
सलिना तामाबले फस्र्ट रनरअपसंगै बेस्ट वाकको टाइटल जितिन । उनले नगद ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन । यस्तै बेस्ट पर्फमरको टाइटल जितेकी रेनु तामाब सेकेण्ड रनरअप बनिन् ।

उनले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र सहित हात पारिन । ब्युटी विथ प्रपोज
सहित भ्यवर्स च्वाइस अवार्ड जितेकी प्रिती वाइवा तामाङ्गले नगद २० हजार पुरस्कार समेत प्राप्त गरिन । प्रतियोगितामा बेस्ट हेयर अनिशा तामाङ्ग, बेस्ट स्माइल विन्दु तामाङ्ग, मिस फोटोजेनिक किस्मत तामाङ्ग, बेस्ट स्किन सरस्वती तामाङ्ग, मिस कल्चर कोमल तामाङ्ग, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ्ग, मिस ग्रेसफुल सुजाता तामाङ्ग, बेस्ट पर्सनालिटी सृजना घिसिङ्ग तामाङ्ग, मिस कन्फिडेण्ट आकृति तामाङ्ग, मिस पङ्गचुअल भुमिका तामाङ्ग, मिस पपुलर मनिषा तामाङ्ग, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ्ग र मिस फ्रेण्डली स्वस्तिका तामाङ्ग बनिन् ।

मञ्जुश्री संवत २८५६ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको ल्होसार म्युजिक फेस्टिभल तथा पाँचौ संस्करणको मिस तामाब पोखराको उद्घाटन गर्दै पुर्व कानुन मन्त्री शेरबहादुर ताामाङ्गले भाषा र भेष, संस्कार र संस्कृति रहे मात्रै पहिचान रहने बताए । उनले आजको युवा पुस्तालाई बढ्दो पाश्चात्य र आधुनिक साँस्कृतिक अतिक्रमण बाट जोगाउन आफ्नो मौलिक संस्कृति प्रति झुकाव बनाउन प्रेरित गर्नुपर्ने भनाइ राखे । ब्राह्मण समाज नेपालका अध्यक्ष डा. नारायण अधिकारीले हाम्रो सभ्यताको विकास हिमालय सेरोफेरोमै भएको जोड दिंदै बुद्धको जन्मभुमी भएको देश नेपालमा अन्य संवत भन्दा पनि बुद्धको संवतनै चलनचल्तीमा ल्याउन सके उपयुक्त हुने धारणा राखे । बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गको अध्यक्षतामा भएका कार्यक्रममा समाजका उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा नेपाल तामाङ्ग घेदुङ्ग गण्डकीका निवर्तमान अध्यक्ष दीपक वाइवा तामाङ्ग,
नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, सिजी व्रुअरीका रिजनल म्यानेजर सुवोध रिजाल लगायतले बोलको थिए ।
तामाङ्ग सांस्कृतिक नृत्य, गायनका साथै चर्चित कलाकार सोनाम तोप्डेन, हास्य कलाकार सन्दिप क्षेत्रीले प्रस्तुती राखेका थिए । कार्यक्रमका निर्णायकहरुमा नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा, वरिष्ठ सौन्दर्यविद चिनु गुरुङ्ग, गीतकार तीर्थ तामाङ्ग, मोडेल तथा कोरियोग्राफर विशाल गुरुङ्ग, सुर्विन वान्तवा राई हेका थिए ।

कार्यक्रमको सञ्चालन संयोजक कविता योञ्जन, सुमन ढुंगाना, निमा लामा, डोल्मा लामाले गरेका थिए । सन् २०१६ देखि शुरु भएको मिस तामाब पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याबवो तामाबले ताज पहिरिन सफल भएकी थिइन् । कार्यक्रमबाट बचत रकम रिन्छिब तोजेर्त तामाब शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने आयोजकले जनाएको छ ।

You might also like

Comments are closed.