लेखनाथलाई ब्राण्डिङ गर्दै पर्यटक भित्र्याउन महोत्सव

लक्ष्मीप्रसाद त्रिपाठी
पूर्व अध्यक्ष
लेखनाथ उद्योग वाणिज्य संघ ।

१६औं संस्करणको लेखनाथ महोत्सव पुस ३ देखि हुँदैछ । यतिबेला आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको तयारी अन्तिम चरणमा पुरा गरिसकेको छ । यसैक्रममा महोत्सव केन्द्रित रहेर संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीसँग आर्थिक आवाजले गरेको कुराकानीः

लेखनाथ महोत्सव पोखरेलीका लागि किन आवश्यक छ ?

हिउँदको समयमा पोखरामा महोत्सवको बाढी लाग्छ । तर लेखनाथ महोत्सव फरक छ अन्य महोत्सव भन्दा । लेखनाथ महोत्सवले सबैभन्दा महत्वपूर्ण कुरा त स्थानीय उत्पादनलाई प्रबद्र्धन गरेको छ । हामीले हिजो बजारै नपाउँदाको स्थितिमा माछा, सुन्तला लगायतका स्थानीय उत्पादनको बजारीकरणमा योगदान दियौं । अहिले पनि हामीले यसलाई निरन्तरता दिइरहेका छौं । नयाँ उत्पादित वस्तुहरुको खोजी गर्दै त्यसको बजारीकरण र प्रवद्र्धनमा महोत्सवले टेवा पु¥याउँदै आएको छ । लेखनाथ महोत्सव महोत्सवको पनि महोत्सव भएकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनसमेत योगदान दिन्छ । यहाँका ताल, हिमाललगायतको प्रवद्र्धन गर्दै पर्यटक भित्र्याउन पनि भूमिका खेल्ने भएकाले महोत्सव पोखरेलीका लागि महत्वपूर्ण छ । महोत्सवले पर्यटकीय गन्तव्य चिनाउन, स्थानीय उत्पादनको बजारीकरणका लागि, लेखनाथलाई ब्राण्डिङ गर्दै पर्यटक भित्र्याउनका लागि तथा समग्र अर्थतन्त्र चलायमान बनाउनका लागि पनि महोत्सव पोखरेलीका लागि महत्वपूर्ण छ ।

jutta mela

महोत्सवले उपभोक्ता र किसान तथा उद्योगी, व्यवसायीलाई कसरी जोड्छ ?

सामान किसानले उत्पादन गर्छ, त्यो बेच्ने थलो महोत्सव बनेको छ । अनि उत्पादित सामग्री उपभोग गर्ने उपभोक्ता पनि महोत्सवमा आएर खरिद गर्दछ । किसान र उपभोक्ता सिधा जोडिने थलो लेखनाथ महोत्सव हो । त्यस्तै उद्योगी, व्यवसायीले उत्पादन गरेका वा बिक्री गर्ने थलो पनि महोत्सव नै हो । र यी सामग्री खरिद गर्ने उपभोक्ता पनि महोत्सवमै आउँछन् । त्यसैले महोत्सव सामान खरिद बिक्री गर्ने थलो बन्ने भएकाले उपभोक्ता र किसान तथा उद्योगी व्यवसायी सजिलै जोडिन्छन् । त्यतिमात्र होइन सामान उत्पादन कसरी हुन्छ भन्ने सिक्ने थलो पनि भएकाले महोत्सवले जिज्ञासु किसान वा विद्यार्थीका लागि पनि महोत्सव महत्वपूर्ण छ ।

पूर्व अध्यक्षको नाताले महोत्सव परिमार्जन गर्नुपर्ने आवश्यक्ता महशुष गर्नु हुन्छ कि ?

हो, स्वाभाविक रुपमा महोत्सव परिमार्जन हुँदै जानुपर्छ । सुन्तला महोत्सवको सानो स्वरुपबाट शुरु भएको महोत्सव अहिले १६औं संस्करणमा आइपुग्दा धेरै नै परिमार्जन भइसकेको छ । हामीले नितान्त व्यापारिक महोत्सव मात्र नबनाएर विभिन्न जातजातिका संस्कृति जर्गेना गर्ने, कलाकारको प्रस्तुति राखेर मनोरञ्जन दिने, नयाँ कलाकारको खोजी गर्नेलगायतका सामाजिक कामपनि गर्दै आएका छौं । यसपटक पनि हामीले महोत्सवलाई केही परिमार्जन गरेका छौं । जस्तो कि यसअघि प्रतियोगितात्मक कार्यक्रम गर्ने गरेका थियौं भने यसपटक यसअघि बिजेता बनेका कलाकारहरुलाई प्रस्तुति गर्न लगाएर ओझेलमा पर्न लागेका प्रतिभाहरुलाई पुनः प्लेटफर्म दिने कामको शुरुवात गर्दैछौं । त्यसैले महोत्सवलाई पश्चिमा संस्कृति भित्राएर नाचगान र रमाइलोमा सीमित गर्नुभन्दा संस्कृतिको जगेर्ना गर्ने, स्थानीय उत्पादनको बजारीकरण र प्रबद्र्धन गर्नेमै केन्द्रीत गर्नुपर्नेमा जोड दिनुपर्छ भन्ने मलाई लाग्छ ।

You might also like

Comments are closed.