लेखनाथ महोत्सवः महोत्सवको पनि महोत्सव होः आत्रेय

छत्रधर आत्रेय
वरिष्ठ उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
सहसंयोजक : १६औं लेखनाथ महोत्सव
लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित लेखनाथ महोत्सवः महोत्सवको पनि महोत्सव हो । हामीले मात्र होइन, सबैले यसको फिल गरेका छन् । लेखनाथ महोत्सवः महोत्सवको पनि महोत्सव हो भन्ने सबैले स्वीकारेका पनि छन् । यस पटकको महोत्सव पुस ३ गतेदेखि लेखनाथमा सुरु हुँदैछ । यस पटक पनि हामीले बिगतका वर्षहरुमा जस्तै भव्य रुपमा महोत्सव सफल पार्नेछौं ।

लेखनाथ महोत्सवमा साना साना बालबालिकादेखि लिएर युवायुवती अनि बृद्धबृद्धासम्मका लागि पनि कार्यक्रमहरु हुन्छन् । हामीले बालबालिकाका लागि चाइल्ड ट्यालेन्ट सो भनेर राखेका छौं । युवायुवतीका लागि भनेर हामीले गण्डकी ताराका नाममा कहिले डान्सिङ त कहिले सिङगिङमा प्रतिष्पर्धा गराउँछौं । महिला तथा आमा समूहहरुको सम्मानमा रत्यौली पनि राखेका छौं । यसअघि प्रतिष्पर्धा गराएका थियौं भने यसपटक हामीले रत्यौलीमा प्रतिष्पर्धा नगराई यसअघि बिजेता भएकाहरुलाई बोलाएर रत्यौली खेलाउँदैछौं ।

jutta mela

महोत्सवमा हामीले लेखनाथ र समग्र पोखरामा रहेका जातजातिहरुको भाषा, संस्कृति, संस्कार झल्किने प्रस्तुति दैनिक रुपमा मिलाएर राखेका छौं । झाँकी ¥यालीमा आमा समूहदेखि युवासम्म आ–आफ्नो भेषभुषा लगाएर आउँछन् । त्यतिमात्र होइन युवाहरुका लागि हामीले साँझमा कन्सर्ट राखेर देशका चर्चित व्याण्ड तथा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति राखेका छौं । अनि दिउँसामा मनोरञ्जन दिनका लागि हामीले दोहोरीका राष्ट्रिय कलाकारहरु ल्याएर प्रस्तुती दिन लगाउँछौं । त्यसैले यसलाई महोत्सवको पनि महोत्सव भनेका हौं ।

महोत्सवलाई अपनत्व दिलाउन युवादेखि महिला समूहसम्मलाई ल्याएर छलफल गर्छौं । उहाँहरुले दिएका सुझावहरु पनि महोत्सवमा लागु गर्छौं । त्यसैले लेखनाथ र समग्र पोखराबासीसहित सम्पूर्ण नेपाली दिदीबहिनीहरुलाई हामी महोत्सवमा आएर महोत्सवमा आवश्यक सामग्री खरिदसहित मनोरञ्जन लिनका लागि हार्दिक अनुरोध गर्दछौं ।

You might also like

Comments are closed.