लेखनाथ महोत्सवका ९० प्रतिशत स्टल बुकिङ

आर्थिक आवाज
पोखरा, २६ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस ५ गतेदेखि हुने ‘१५ औँ लेखनाथ महोत्सव’को तयारीलाई तिब्र बनाइएको छ । पुसको १६ गतेसम्म सञ्चालन हुने महोत्सव अन्तर्गतका सम्पूर्ण उपसमितिले आआफ्नो जिम्मेवारी अनुसार काम गरिरहेको महासचिव भरतकुमार अधिकारीले जानकारी दिए ।

‘महोत्सवमा राखिने ३ सय ५० वटा स्टल मध्ये ९० प्रतिशत बुकिङ भइसकेको छ,’ उनले भने । ‘महोत्सव लेखनाथको संस्कृित, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ नाराका साथ हुने महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने अध्यक्ष कृष्णहरि भण्डारीले जानकारी दिए । ‘महोत्सवमा स्थानीय उद्योगी व्यवसायीलाई प्राथमिकता दिएर स्टल राखिनेछ,’ उनले भने ।

महोत्सवको ३ लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको संघका उपमहासचिव तथा प्रचार–प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए । एक करोड २५ लाख रुपैयाँ आम्दानी गरी ९० लाख रुपैयाँ खर्च कटाउँदा ३५ लाख रुपैयाँ बचत गर्ने आयोजकको अनुमानित लक्ष्य छ । महोत्सवमा १५ देखि २० करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।

jutta mela

बचत रकमबाट कृषि उपज खरिद बिक्री केन्द्रको निर्माण र प्रदर्शनी स्थलको स्तर उन्नति गरिने वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए । ‘शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन लगायतका सामाजिक कार्यमा बचत रकम खर्च गरिन्छ,’ उनले भने । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको महोत्सवलाई एडभान्स ग्रुपको एड्भान्स सिमेन्टले मुख्य प्रायोजन गरेको छ ।

You might also like

Comments are closed.