लेखनाथ महोत्सवको तयारी तिब्र, स्थायी पास बिक्री सुरु

आर्थिक आवाज
लेखनाथ, २३ मंसिर । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना र विभिन्न संघ सस्थाको सहयोग र सहभागितामा हुन लागेको १५ औं सस्करणको लेखनाथ महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । महोत्सवका लागि स्थायी पास बिक्री आइतबारदेखि खुल्ला भएको छ । महोत्सव लेखनाथको संस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी मूल नाराका साथ पुस ५ गतेदेखि १६ गतेसम्म पोखरा २७ डाडाँकोनाक तालचोकमा हुने महोत्सवका लागि १२ दिनका लागि एउटै पासले काम गर्ने गरी तयार पारिएको स्थायी पासको विक्री वितरण सुरु गरिएको संघका उपमहासचिव एवं प्रचार–प्रसार संयोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् ।

फोटो सहितको स्थायी पासका लागि खरिद कर्ताले २ सय ५० रुपैयाँ मात्र तिरे हुने गरी व्यवस्थापनका लागि लेखनाथ सामुदायिक सेवा केन्द्रले कामलाई अगाडि बढाएको सेवा केन्द्रका अध्यक्ष रमेश ओझाको भनाई रहेको छ । लेखनाथ महोत्सवको प्रबेश टिकटको लागि रु ६० र विद्यार्थी सहुलियतमा रु ४० र रात्रि कन्र्सटका लागि रु १०० तिर्नु पर्ने ब्यबस्था भए पनि स्थायी पास बनाउन चाहानेले एक मुस्ठ २ सय ५० रुपैयाँ तिरेपछि महोत्सव अबधिभर मेलाको अध्ययन अबलोकन गर्न पाउने ब्यवस्था मिलाइएको संघका वरिष्ठ उपाध्यक्ष बलराम ढकालले जानकारी दिए ।

लेखनाथ महोत्वसमा राखिएका विभिन्न विधा अन्तर्गत कबि शिरोमणिको सम्झनामा राखिएको खुल्ला कविता प्रतियोगितामा समावेश हुन पाउने अन्तिम मिति सोमबार ५ बजेसम्म रहेको र कविता बाचन प्रतियोगिता पुस २ गते लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा हुने संयोजक नवराज अधिकारीले जानकारी दिए ।

jutta mela

महोत्सवको पनि महोत्सवका रुपमा चिनिदै आएको लेखनाथ महोत्सव अन्तर्गत राखिएका गण्डकी तारा ‘गायन’ विधाको पहिलो चरणको छनोट कार्यक्रम पुस ४ गते र विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिताको पहिलो अडिसन पनि पुस ३ गते नै हुने प्रतियोगिताका संयोजक ऋषिराम जमरकट्टेल र उपेन्द्रराज सुवेदीले जानकारी दिए ।

You might also like

Comments are closed.