लेखनाथ महोत्सवमा कृषि उत्पादनको प्रवद्र्धन, दर्शक र कारोबार बढ्दै

आर्थिक आवाज
लेखनाथ, ८ पुस । लेखनाथको तालचोकमा जारी १५औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृषि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ । उत्पादकदेखि उपभोक्तासम्म सहज रुपले पउच पुग्ने र उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी महोत्सव स्थल भित्र राखिएका कृषि जन्य उत्पादन, हस्तकला, माछा, मह र घरेलु हस्तकलाका उत्पादनमा दर्शकको चासो बढेको हो ।

कृषि जन्य उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्र दुईवटा माछाका स्टलबाट दैनिक सय केजी भन्दा बढि माछा बिक्री भएको रुपाताल पुनस्र्थापन तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए । उनका अनुसार रुपातालमा उत्पादित माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।

ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेश गरी स्थानीय आलु, काउली, बन्दा, गोलभेडा र प्याजको बिक्री दैनिक हजार केजी भन्दा बढि भएको कृषिका संयोजक दयाराम तिवारीले जानकारी दिएका छन् । महोत्सवमा राखिएको सुन्तलाको स्टलबाट दैनिक एक हजार केजी भन्दा बढि सुन्तलाको बिक्री हुँदै आएको उनले बताएका छन् ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा व्यापारिक प्रयोजन सँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीताका लागि छनोटमा परेका छ बिद्यालयका प्रतिस्पर्धी र गायन विधाको गण्डकी ताराको पहिलो चरणमा पुगेका १० प्रतियोगीकोे प्रस्तुती रहेको थियो भने संस्कृति जर्गेना गर्न जातिय नृत्य अन्तर्गत हेल्मो समाजको मौलिक नृत्यको प्रस्तुती रहेको थियो । भोलि सोमबार तमु समाजको तर्फबाट स्याङ्जाली तमू समाजको सोरठी नृत्य हुनेछ । रत्यौली गीत प्रतियोगितामा तोरीचौर आमा समूह र कटुञ्जे आमा समुहको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।

महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको चापसँगै कारोवारमा पनि बृद्धि हुँदै आएका बताइएको छ । आइतबार आर्थिक कारोवार तर्फ करिव एक करोड २० लाख रहेको कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए भने दर्शकको सहभागिता करिव १५ हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।

महोत्सवको पाचौं दिन सोमबार दोहोरी तर्फ प्रजापति पराजुली, रामजी खांड, कृष्ण अखेली, भुमिका गिरी, मिना अधिकारी, सरिता सारु मगर, हास्यतर्फ काउली बुढी, लाइभ पप कन्र्सटतर्फ कृष्ण काफ्ले, काउली बुढीको प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.