लेखनाथ महोत्सवलाई पृथक बनाउँदै छौं : गोपीचन्द्र बास्तोला

गोपीचन्द्र बास्तोला
महासचिव
लेखनाथ उद्योग वाणिज्य संघ

महोत्सवको पनि महोत्सव भनेर चिनिदै आएको लेखनाथ महोत्सव यस पटक पुस ३ गतेबाट लेखनाथमा हुँदैछ । आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघले यतिबेला महोत्सवको तयारीलाई तिब्र बनाएको छ । यसैक्रममा संघमा महासचिव गोेपिचन्द्र बास्तोलासँग महोत्सवमा केन्द्रित रहेर आर्थिक आवाजले गरेको कुराकानीः

महोत्सवलाई कस्तो बनाउने तयारी छ ?

महोत्सवलाई हामीले यस पटक यसअघिको भन्दा पृथक बनाउने प्रयास गरेका छौं । सधैं एउटै भन्दा पनि त्यसलाई पनि कसरी फरक, भव्य र सभ्य बनाउने भनेर हामी लागि परेका छौं । यसको शुरुवात स्टल बुकिङबाटै भइसकेको छ । स्टल यस वर्ष हप्ता दिन भित्रैमा बुकिङ भयो । यसले हामीलाई उत्साही बनाएको छ ।

jutta mela

हामीले सम्पूर्ण राजनीतिक दल, संघसंस्था, युवा तथा महिला समूहसँग छलफल गरेर सबैलाई महोत्सवको अपनत्व दिलाएका छौं । महोत्सवलाई जाति तथा जनजातिहरुलाई पनि महोत्सव आफ्नै हो भन्ने सोंच्नु भएको छ । स्टेज कार्यक्रमदेखि स्टलसम्मलाई हामीले फरकपन दिने प्रयास गरेका छौं । देशभरका चर्चित कलाकारदेखि व्याण्डसम्मलाई उतार्दैछौं । यसअघि रत्यौली प्रतियोगितालाई यसपटक यसअघिका बिजेतालाई मात्रै बोलाएर उनीहरुको प्रस्तुति दिन लगाउँदैछौं । गायन तारा र डान्स प्रतियोगिताका बिजेताहरुलाई पनि रत्यौलीमा जस्तै प्रस्तुति दिन लगाउने तयारी गरेका छौं । यसो गर्दा यसअघिका बिजेताहरुले पनि स्टेज पाउनेछन् भने उनीहरुको प्रगतिपनि प्रस्तुतीमार्फत दिने हाम्रो प्रयास हो ।

महोत्सवको मुख्य आकर्षण के हो ?

महोत्सवको मुख्य आकर्षण भनेको शैक्षिक प्रर्दशनीदेखि मोबाइल एक्स्पो पनि हो । यसअघिका प्रतियोगितामा भएका बिजेताहरुलाई प्रस्तुति दिन लगाउने कार्यक्रम पनि महोत्सवको मुख्य आकर्षण नै हो ।

सांस्कृतिक कार्यक्रममा कस्ताकस्ता कलाकारहरु ल्याउँदै हुनुहुन्छ ?

यसपटक पनि हामीले चर्चित राष्ट्रिय लोकदोहोरी कलाकारहरुलाई दिउँसो उतार्दैछौं । त्यसमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपानेदेखि पशुपति शर्मा लगायतका कलाकारहरुले प्रस्तुति दिनुहुनेछ । व्याण्डतर्फ पनि चर्चित ब्याण्डहरु ल्याउँदैछौं । हास्य कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शक मन्त्रमुग्ध हुन्छन् । कार्यत्र mम कसरी शुरु भयो र कसरी सकियो भन्ने थाहा नपाउने गरी कलाकारहरुले प्रस्तुति दिने अपेक्षा गरेका छौं ।

महोत्सवले लेखनाथ र समग्र पोखराको विकासमा कस्तो टेवा पु¥याउला ?

लेखनाथ महोत्सवले उत्पादनदेखि लिएर उत्पादित सामग्रीको बजार प्रवद्र्धनसम्म सघाउँछ । हामीले स्थानीय उत्पादन र त्यसमा पनि कृषिसँग सम्बन्धित उत्पादित सामग्रीलाई विशेष गरेर प्राथमिकता दिएका छौं । हामीले उत्पादनमा पनि ध्यान दिएका छौं । त्यसका लागि हामीले विभिन्न समयमा सहयोग गर्दै आएका छौं । र बजारको ज्ञारेन्टी गरेर उत्पादनका लागि प्रोत्साहन पनि गरेका छौं ।

स्थानीय उत्पादनले बजार पाउने, बजार नपाउँदा ढुवानी गरेर लैजानुपर्ने सामग्री यहिं बेच्दा किसानले मूल्य पाउने, उपभोक्ताले खरिद गर्दा बिचौलिया नहुने भएको उचित मूल्यमा सामान पाउने भएकाले उत्पादक र उपभोक्ता दुबैलाई महोत्सवले फाइदा पुगेको छ । यसले गर्दा ब्यबसायीकरणमापनि सघाएको छ । अनि स्थानिय उत्पादनले पनि बजार पाएको छ ।

महोत्सवले आर्थिक विकासमा पनि महत्वपूर्ण योगदान पु¥याएको छ । स्वदेशी उत्पादनका साथै विदेशी उत्पादन पनि महोत्सवमा रहन्छन् जसले आर्थिक गतिविधीलाई चलायमान बनाउछन् । हामीले कृषि उपज खरिद बिक्री केन्द्र स्थापना गरेका छौं । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पनि हामी उक्त रकम खर्च गर्छौं । यसले समग्र पोखराको विकासमा टेवा पु¥याएको महशुष गरेका छौं ।

You might also like

Comments are closed.