लेखनाथ महोत्सवलाई प्रायोजकहरुको उत्साहजनक साथ : राजेन्द्र ओझा

राजेन्द्र ओझा
द्वितीय उपाध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ
सहसंयोजक एवं प्रायोजन व्यवस्थापन संयोजक, १६औं लेखनाथ महोत्सव

लेखनाथ उद्योग वाणिज्य संघद्वारा लेखनाथमा वर्षेनी आयोजना हुने लेखनाथ महोत्सवले स्थानीय उत्पादन प्रबद्र्धन गर्न महत्वपूर्ण योगदान दिएको छ । विशेष गरेर कृषिसँग सम्बन्धित उत्पादनलाई हामीले महोत्सवका प्राथमिकता दिएका छौं । स्थानीय ठाउँमा उत्पादन भएका बस्तुहरु बिक्री नहुने, बजारको अभाव, पोखरासम्म पु¥याउनुपर्ने लगायतका समस्या भएकाले त्यसको समाधानका लागि उत्पादक र उपभोक्तालाई जोडेर यसको खरिद बिक्री सहज बनाउने काम गरेका छौं ।

बिगतमा उत्पादन नै कम हुन्थ्यो । बजार नभएकैले उत्पादनमा कमी हुन्थ्यो वा भनौं चासो दिइंदैनथ्यो । उत्पादन गर्नुमात्रै ठूलो कुरा होइन । त्यसको व्यवस्थित बजारीकरण ठूलो कुरा हो । त्यसका लागि मार्केटिङ प्रमुख कुरा हो । त्यसका लागि लेखनाथ उद्योग वाणिज्य संघले शुरुमा कृषि उत्पादनलाई बढावा दियौं, त्यसपछि घरेलु उत्पादनलाई हामीले जोड दियौं ।

jutta mela

अहिले पनि हामीले लेखनाथ महोत्सवको माध्यमबाट उत्पादित बस्तुको बजारीकरण गर्न नै बढी फोकस गरिरहेका छौं । यो महोत्सवमा ३ सय बढी स्टलहरु छन् । त्यसको आधा भन्दा बढी स्टलहरु स्थानीय कृषि र घरेलु उत्पादनलाई नै हामीले दिएका छौं । अझ यहाँ स्थानीय उत्पादित बस्तुका लागि विशेष छुटमा स्टलहरु उपलब्ध गराएका छौं । यसले यहाँका मानिसले उत्पादन गरेका बस्तुहरु बजारसम्म पनि पुग्छन् । अनि स्थानीय उपभोक्ताहरुले पनि स्थानीय अर्गानिक उत्पादन सहज र सस्तो मूल्यमा उपभोग पनि गर्न पाउँछन् । हो हामीले उत्पादक र उपभोक्ताबीच जोड्ने काम गरेका छौं । यसले गर्दा बिचौलियाले खाने रकम खान नपाउँदा उपभोक्ताले पनि सस्तो मूल्यमा सामान पाउँछन् ।

साथै औद्योगिक वस्तुहरु, हस्तकलाका सामानहरु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुहरुको प्रवद्र्धन र बजारीकरणका साथसाथै जातीय भेषभूषा, कला, संस्कृति र रीतिरिवाजको संरक्षणमा पनि लेखनाथ महोत्सवले प्रत्यक्ष योगदान पु¥याउँछ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि यस पटकको महोत्सवले अग्रणी भूमिका निर्वाह गर्नेछ । कविको सम्झनामा कविता प्रतियोगिता, शैक्षिक प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, आदिबासी, जनजाति, आमा महिलाहरुको झाँकी ¥याली तथा भेषभूषा, लाइभ कन्सर्ट लगायत धेरै कार्यक्रमलाई पनि लेखनाथ महोत्सवमा समावेश गरिएको छ ।

महोत्सव देशमै स्थापित र ब्राण्डिङ भइसकेकाले यसको प्रायोजन खोज्न पनि सजिलो भएको छ । हामीले अहिले प्रायोजक खोज्नु पर्दैन, बरु प्रायोजकहरु नै हामीलाई खोज्दै आउन थाल्नु भएको छ । यसको मुख्य कारण भनेको महोत्सवको ब्राण्डिङ नै हो ।

हामीलाई प्रायोजकहरुबाट यस वर्र्ष उत्साहजनक साथ मिलेको छ । बिगत १३औं महोत्सवदेखि मुख्य प्रायोजक बनेर हामीलाई एड्भान्स सिमेन्टले साथ दिदै आएको छ । यस पटकको मुख्य प्रायोजक पनि एडभान्स ग्रुप अन्तर्गतको एडभान्स सिमेन्ट नै हो ।

राष्ट्रिय वाणिज्य बैंक, आइएमई ग्रुप, सगरमाथा इन्स्योरेन्स, गोर्खा ब्रुअरी प्रालि, शिवम सिमेन्ट, सनराइज बैंक, गरिमा विकास बैंक, सिद्धार्थ बैंक, घोराही सिमेन्ट इष्डष्ट्रिज प्रालिको सगरमाथा सिमेन्ट, जगदम्बा इन्टरप्राइजेज, इच्छाशक्ति अटोमोबाइल्स प्रालि (बजाज), पोखरा इन्टरनेट प्रालि, शक्ति ग्यास प्रालि, कामना सेवा विकास बैंक, गोर्खा इको प्यानल, हरपल फुड्स प्रालि, गण्डकी आयल मिल इन्डष्ट्रिजबाट हामीलाई प्रायोजनमा साथ मिलेको छ ।

कर्माचार्य बेक्स एण्ड फुड्स प्रालि, द कल्चर रिसोर्ट प्रालि, गृहलक्ष्मी ग्यास, प्रभू बैंक, वृज सिमेन्ट, ग्लोबल एग्रो प्रोडक्ट प्रालि, अगम फुड्स, माछापुच्छ्रे बैंक, मनकामना प्याई उद्योग, रुपाकोट इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स, जस्मिन पेन्ट्स, फेवा ह्याचरी, सन्तोष मेसिनरी ट्रेडर्स, एम.के. कलर हाउस, अटोवेज प्रालि, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, श्रृङग यातायात प्रालि, पोखरा महानगरपालिका (कृषि तथा पशु सेवा विकास महाशाखा) लगायतबाट १६औं लेखनाथ महोत्सवलाई उत्साहजनक साथ प्राप्त भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशले सहआयोजकमा रहेर साथ दिएको छ भने प्रवद्र्धकमा नेपाल पर्यटन बोर्डले सहयोगी भूमिका निर्वाह गरेको छ ।

You might also like

Comments are closed.