लेडी जेसिजको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, ३ सय जना लाभान्वित

पोखरा । पोखरा लेडी जेसिजको सप्ताहब्यापी कार्यक्रमको दोस्रो दिन शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका २४ को सहकार्यमा संचालित उक्त कार्यक्रम कास्कीकोटस्थित वशन्त आधारभूत बिद्यालयमा भएको हो ।

कार्यक्रमबाट ३ सय जना लाभान्वित भएको कार्यक्रमका मूल संयोजक एवं कार्यकारिणी उपाध्यक्ष शोभा भुजेलले जानकारी दिइन् । शिविरमा मेडिकल, हाडजोर्नी, नशा, स्त्री रोग, बालरोग सम्बन्धि परीक्षणका साथै औषधी, ल्याब टेस्त, ई.सी.जी  आदि सेवाहरु उपलब्ध थिए ।

jutta mela

कास्कीकोटका स्थानीयलाई लक्षित गरी कार्यक्रम आयोजना गएिको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि २४ नं. वडाका कार्यवाहक अध्यक्ष अग्नीधर त्रिपाठीले शिविरले कास्कीकोट स्थानीय लाभान्वित भएको बताए ।

पोखरा लेडी जेसिज वर्ष २०१९ का अध्यक्ष सपना गिरीको अध्यक्षता कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन सचिव लक्ष्मी अधिकारीले गरेकी थिइन् भने स्वागत मन्तव्य अनिता थापाले राखेकी थिइन् ।

You might also like

Comments are closed.