वडाको सार्वजनिक सुनुवाइ सम्पन

मंसिर २५,तनहुँ ।
व्यास नगरपालिका वडा नं ४ले वडाको सेवा प्रवाह, कार्यक्रम र योजनाका बारेमा सार्वजानिक सुनुवाई मंगलबार दमौलीमा सम्पन्न गरेको छ । वडास्तरबाटै जनताका समस्या बुझने र वडाका कार्यक्रम बारे जनतालाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । वडा अध्ध्यक्ष विश्व न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाबासीले वडाबाट सम्पादन हुने दैनिक प्रशासकिय काम कारबाही र विकास निर्माणका सम्बन्धमा कुनै पनि गुनासो नभएको बताएका थिए । ढल, सडक, खानेपानी, विद्युत , सरसफाइको उचित व्यवस्थापन बारे उनीहरुले जिज्ञासा राखेका थिए । वडामा कृषि, पर्यटन र स्वरोजगारका कार्यक्रम लागु हुनुपर्ने, तनहुँ कालिका सहिद जंगल पार्कलाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गनुपर्ने लगायतका मागहरु वडावासीले राखेका थिए । उठेका जिज्ञासालाई सम्बोधन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विकास निर्माणका कार्यहरु प्रथामिकताका आधारमा क्रमिक रुपमा अगि बढ्ने बताए । प्रथामिकता अनुसार जनताले माग गरेका विकास निर्माणका कार्यहरु सम्पन्न गर्दै लैजाने छौँ न्यौपानेले भने । जनतालाई सहज सेवा सुविधा उपलब्ध गराउनु नै स्थानीय सरकारको लक्ष्य भएको चर्चा गर्दै न्यौपानेले जनता दुखी हुन नपर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै वडा अध्यक्ष न्यौपानेले जनताको आवश्यकतालाई नजिकबाट नियाल्न र जनताको घरदैलोबाट नै सेवा प्रवाह गर्न वडाबाट नै सार्वजानिक सुनुवाइ कार्यक्रम गरेको बताए । कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख मिरा जोशी, प्रमुख प्रसाशकीय अधिकृत दिनेशराज पन्त , प्रथम नगर प्रमुख ताराप्रसाद श्रेष्ठ, वडा सचिव पुष्प आचार्य, लगायतले धारण राखेका थिए । कार्यक्रमको नगरपालिकाका वरिष्ठ आलेप अधिकृत कुमारकञ्चन जिसीले सहजीकरण गरेका थिए । कार्यक्रममा वडा नं ४ अन्तर्गतका १३ वटा टोलका बासिन्दाहरुको सहभागीता रहेको थियो ।

You might also like

Comments are closed.