सिन्धुपाल्चोक । स्वास्थ्य क्षेत्रमा कार्यरत संस्था वनहर्ट वल्डवाइडले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सिन्धुपाल्चोकलाई २० लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ। संस्थाले सिन्धुपाल्चोकका १२ वटै स्थानीय तह, चौतारा अस्पताल र स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकलाई गरी जम्मा २० लाख ५ हजार ५ सय ३० रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको हो ।
सबै सामाग्री एकमुष्ट रुपमा चौतारास्थित वनहर्ट कार्यालयमा ल्याएको र सबै स्थानीय तहलाई वितरण गरिएको संस्थाका सिन्धुपाल्चोकस्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले जानकारी दिए । संस्थाले सबैभन्दा धेरै चौतारा अस्पताललाई सामाग्री हस्तान्तरण गरेको छ। चौतारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, अक्सीमिटर, मास्क, स्यानिटाईजर, गाउन, आईसोलेसन किटलगायत गरी २ लाख ८१ हजार परल मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
हालसम्म चौतारा, बलेफी, जुगल, बाह्रविसे, सुनकोशी भोटेकोशी, इन्द्रावती, लिसंखुपाखर र त्रिपुरासुन्दरीमा स्वास्थ्य सामाग्री पुराई सकेको छ भने हेलम्बु, पाँचपोखरी र मेलम्चीलाई बाढी पहिरो लगायत विपद्को कारण सामाग्री पुराउन नसकेको र छिट्टै बाँकी पालिकामा पनि स्वास्थ्य सामाग्री पुराईने कार्यक्रम अधिकृत शाहीले बताए। वनहर्टले यस अघि पनि चौतारा अस्पताललाई १० वटा भरीएका अक्सिजन सिलिन्डर पनि हस्तान्तरण गरेको थियो।
Comments are closed.