विदेशका कलेज तथा विश्वविद्यालयले स्टल राखेरै जानकारी गराउँछन्

गणेश कोइराला
कार्यसमिति सदस्य, इक्यान कास्की

इक्यान फेयरको यो छैठौं संस्करण हो । हामीले यसमा धेरै छलफल र मेहनत गरेर व्यवस्थित बनाउने प्रयास गरेका छौं । हामीले कास्कीका शैक्षिक परामर्शदातृ संस्थादेखि विदेशमा अध्ययन गराउने कलेज तथा विश्वविद्यालयसँग समन्वय गरेर बढी भन्दा बढी कलेज तथा विश्वविद्यालयलाई ल्याउने प्रयास गरेका छौं । विदेशबाट आउने कलेज तथा विश्वविद्यालयले आफैले स्टल राखेर विद्यार्थी तथा अभिभावकलाई उनीहरुको कलेज, त्यसले दिने सेवा, सुविधा, छात्रवृत्ति, कलेज भर्नाका लागि प्रोसेसबारे जानकारी दिन्छन् ।

इक्यान फेयरबाट विद्यार्थी र अभिभावक लाभान्वित हुन् भनेर इक्यान फेयरको जानकारी विद्यार्थी तथा अभिभावकमा पुगोस् भनेर प्रचार–प्रसार तिव्र बनाएका छौं । पोखरासहित गण्डकी प्रदेशका प्रायः सबै कलेज तथा प्लस–टुहरुमा पर्चा पम्प्लेट वितरण गरेका छौं । यसले पक्कै पनि विद्यार्थीलाई जानकारी भएको छ र ती विद्यार्थीले अभिभावकसमेत ल्याएर वैदेशिक शिक्षाबारे जानकारी लिएर लाभान्वित हुनेमा हामी ढुक्क छौं ।

You might also like

Comments are closed.