विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण बनाउन चेम्बरको आग्रह

पोखरा ।
पोखरा चेम्बर अफ कमर्स कास्कीले नोबल कोरोना भाइरस सक्रमण तथा मानवीय संवेदनालाई ख्याल गरी विदेशी पर्यटकलाई केही समयका लागि नेपालमा बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसंग अनुरोध गरेको छ ।

अध्यागमन विभागले २०७७ भदौ १ गते देखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसंगै भिषा अवधी सकिएका विदेशी पर्यटकहरुलाई १५ दिन नेपाल बाहिरिनु पर्ने नियम बनाएको परिप्रेक्ष्यमा चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय समक्ष त्यस्तो अनुरोध गरेको हो । पोखरा चेम्बर अफ कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकासित सूचना अनुसार अन्तर्राष्ट्रिय उडान सुरुवात भएको १५ दिन भित्रको समय अवधीमा सबै विदेशी पर्यटक फर्कन नसक्ने बताए । ‘लकडाउनको कारण नेपालमा १ हजार ५ सय भन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक विविध कारणले बसी रहेका छन,’अनुरोधपत्रमा भनिएको छ, ‘सो समय अवधीमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएकोले सबै पर्यटक फर्कन सक्दैनन ।’

अध्यक्ष सुनारले केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको कारण नेपालमै सुरक्षित महसुस गरी बसीरहेको जनाए । नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसको कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहात पुग्ने दावी गर्दै अध्यक्ष सुनारले त्यस्तो कार्यले आगामी दिनमा नेपालको पर्यटन उद्योगको अन्तर्राष्ट्रिय जगतमा समेत सकारात्मक सन्देश जाने उल्लेख गरे ।

jutta mela

कोरोना भाइरसको कारण नेपाल सरकारले २०७७ चैत ११ गते देखि मुलुक भर लगाएको लकडाउन (बन्दाबन्दी)को कारण सबै अन्तर्राष्ट्रिय उडानहरु र सिमा नाका बन्द रहेको छ । लकडाउनका कारण नेपालमा अलपत्र विदेशी पर्यटकहरुलाई सम्बन्धित मुलुकहरुले उद्दार गरेका छन् । केही विदेशी पर्यटक नेपाल नै सुरक्षित मानेर बसिरहेका छन् ।

You might also like

Comments are closed.