विद्यार्थीका लागि संगम बचतको ‘वित्तीय साक्षरतासहितको सहकारी शिक्षा’

आर्थिक आवाज
पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १५ रामबजारको आयोजनामा वित्तीय साक्षरतासहितको सहकारी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । रेन्बो एकेडेमिक होम पोखरा १५ कोलपाटनमाका कक्षा १० का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गरिएको हो ।

सहकारीका वरिष्ठ व्यवस्थापक अपिल कोइरालाले कार्यक्रममा सहजीकरण गरेका थिए । सहकारीका संल्लाहकार संयोजक कृष्णप्रसाद ढकालले पनि उक्त अवसरमा बचतको महत्वका बारेमा धारणा राखेका थिए ।

jutta mela

विद्यार्थीलाई बचतको महत्व तथा पारिवारिक बजेट निर्माणका उपायहरुका विषयमा जानकारी गराउने लक्ष्यले कार्यक्रम गरिएको कोइरालाले जानकारी दिए । विद्यालयका प्राधानाध्यापक बाबुराम बरालले कार्यक्रमको व्यवस्थापन गरेका थिए ।

You might also like

Comments are closed.