‘विद्यार्थीलाई काउन्सिलिङसँगै विदेश जाने प्रक्रिया सिकाउँछौं’

अर्जुन गुरुङ
सञ्चालक, काठमाडौं इन्फोसिस, पोखरा शाखा

काठमाडौं इन्फोसिस कस्तो संस्था हो ?
काठमाडौं इन्फोसिस काठमाडौंमा मुख्य कार्यालय रहेको एजुकेसन कन्सल्टेन्सी हो । पोखराको न्यूरोडमा यसको फ्रेञ्चाइज छ । काठमाडौं इन्फोसिससँग १२ वर्ष लामो अनुभव छ । जुन अनुभव र हालसम्म विद्यार्थीबाट प्राप्त गरेको विश्वास नै हाम्रो सफलता हो । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीलाई यहाँबाट काउन्सिलिङ हुन्छ । हामी विद्यार्थीलाई काउन्सिलिङसँगै विदेश जाने प्रक्रिया पनि आफै गरिदिन्छौं ।

काठमाडौं इन्फोसिसले के–के गर्छ ?
हामीले विद्यार्थीलाई शुरुमा काउन्सिलिङ गर्छौं । काउन्सिलिङमा उनीहरुलाई वैदेशिक शिक्षा किन आवश्यक छ ? वैदेशिक शिक्षा कुन देशको कुन कलेज वा युनिभर्सिटीमा राम्रो हुन्छ ? त्यसका लागि प्रोसेस के हुन्छ र खर्च कति लाग्छ ? तथा वैदेशिक शिक्षामा आइपर्ने समस्या र समाधानका लागि गर्ने कुराहरु पनि हामी विद्यार्थी र उनीहरुका अभिभावकहरुलाई काउन्सिलिङ गर्छौं । त्यसपछि विद्यार्थीले अध्ययन गर्न चाहेको देशको कलेज वा युनिभर्सिटीसँग सम्पर्क गर्ने, भर्नाका लागि प्रोसेस गर्ने तथा भिसा प्रोसेसिङ लगायतका कार्यपनि हामी आफैले गरिदिन्छौं ।

इन्फोसिसले कुन–कुन देशमा विद्यार्थी पठाउँछ ?
हामीले प्रमुख रुपमा विद्यार्थीहरु अष्ट्रेलिया पठाउँछौं । अष्ट्रेलियामा हाम्रो आफ्नै कार्यालय पनि छ । हामीले अष्ट्रेलियाबाहेक न्यूजिल्याण्ड, अमेरिका, युके, जापानलगायतका देशमा पनि विद्यार्थी पठाउने गरेका छौं । खासगरेर विद्यार्थीको सर्टिफिकेट र उनीहरुको क्षमता, रुचीलगायत हेरेर हामी कलेज रोज्ने अवसर दिन्छौं ।

इन्फोसिसको प्रमुख विशेषता के हो ?
इन्फोसिसको मुख्य विशेषता भनेको विद्यार्थीलाई सहि काउन्सिलिङ हो । विद्यार्थीलाई कन्फ्युज नहुनेगरी हामी काउन्सिलिङ गर्छौं । त्यतिमात्र होइन विद्यार्थीको भिसा प्रोसेसिङदेखि उनीहरु विदेश बसुञ्जेलसम्म पनि उनीहरुको केयर गर्छौं । इन्फोसिसबाट गएका विद्यार्थीहरु अलपत्र पर्नुपर्दैन । त्यसको सम्पूर्ण जिम्मा इन्फोसिसले लिन्छ । इन्फोसिसमा अनुभवी र दक्ष काउन्सिलरहरु हुनुहुन्छ । जसको फाइदा विद्यार्थीले अधिकतम लिन सक्छन् ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले इन्फोसिस किन रोज्ने ?

वैदेशिक शिक्षामा जाने विद्यार्थीले आफ्नो भविष्य सुरक्षित बनाउन इन्फोसिस रोज्नुपर्छ भन्ने लाग्छ मलाई । हामी कसैलाई पनि नहुने कुरा गर्दैनौं । झूठा आश्वासन दिदैनौं । सहि कलेज र सहि परामर्शका लागि विद्यार्थी इन्फोसिसमा आउनुपर्छ । हामी विद्यार्थी पठाएदेखि फर्किएसम्मै कन्ट्याक्टमा हुन्छौं । उनीहरुको हरेक सुख, दुःखमा सँगै साथमा हुन्छौं । त्यसैले पनि विद्यार्थीले इन्फोसिस नै रोज्नुपर्छ ।

वैदेशिक शिक्षा किन जरुरी छ ?

युग सुहाउँदो शिक्षा अहिलेको आवश्यकता हो । त्यसैले आफूलाई युग सुहाउँदो शिक्षा लिएर अब्बल बनाउन वैदेशिक शिक्षा आवश्यक छ । अष्ट्रेलिया, अमेरिका, युके, जापानलगायतका देशमा गुणस्तरीय र युग सुहाउँदो शिक्षा अध्ययन गर्ने कलेज तथा युनिभर्सिटीहरु प्रशस्त छन् । एक्काइसौं शताब्दीमा आफू अब्बल भएर भविष्य सुनिश्चित र सुरक्षित बनाउन वैदेशिक शिक्षा आवश्यक छ ।

कतिपय विद्यार्थी अलपत्र परेको पनि सुनिन्छ नि ?

हामी मार्फत गएका एकजना विद्यार्थी अहिलेसम्म अलपत्र पर्नुपरेको छैन । हामी विद्यार्थीको भविष्यको ज्ञारेन्टी गर्छौं । विद्यार्थीले भनेकै कलेज वा युनिभर्सिटीमा भर्ना गरिदिन्छौं । हचुवाको भरमा हामी विद्यार्थी पठाउँदैनौं । कुनैकुनै कन्सल्टेन्सीले गरे होलान् । तर एउटाले ग¥यो भनेर सबैलाई दोष लगाउन मिल्दैन ।

विद्यार्थीले कन्सल्टेन्सी छान्दा के कुरामा ध्यान दिनुपर्छ ?

विद्यार्थीले कन्सल्टेन्सी छान्दा त्यो कन्सल्टेन्सी वैधानिक छ कि छैन ? कत्तिको रेपुटेड हो बुझ्नुप¥यो । हचुवाको भरमा ठूलठूला गफ सुनेर मात्रै कन्सल्टेन्सी छान्नु हुँदैन । डिस्काउन्ट (छुट)लाई आधार मानेर नराम्रो कन्सल्टेन्सीको चंगुलमा विद्यार्थी फस्नु हुँदैन । कुन देशको कुन कलेज वा युनिभर्सिटीसँग कन्सल्टेन्सीको पहुँच वा लिंक छ भन्ने कुरापनि विद्यार्थीले ख्याल गर्नुपर्छ ।

You might also like

Comments are closed.