मान्मा । कालिकोटको शुभकालिका गाउँपालिकाले गाउँपालिकाभित्रका अतिविपन्न, गरिब, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई दसैं राहत उपलब्ध गराएको छ । दसैं तिहारमा खर्च टार्न कठिन भएका २१० जनालाई गाँउपालिकाले राहत उपलब्ध गराएको हो ।
उक्त वर्गका व्यक्तिलाई उपाध्यक्ष कार्यक्रमअन्तर्गत दसैंका बेला राहतस्वरुप खाद्यान्न उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईँले जानकारी दिए ।
गाउँपालिकाले कोरोना कहरका कारण दसैंमा भीडभाड नर्गन, टीका थाप्न नजान, जहाँ छौँ त्यही दशैँ मानाउनका लागि नागरिकसँग आग्रह गरेको उनले बताए । “भीडभाड गर्दा कोरोना सङ्क्रमणको दर बढ्ने खतरा रहेको छ”, उनले भने “कोरोना रोकथाम र नियन्त्रणका लागि मेला, जात्रामा भीडभाड नगर्न सबैलाई आग्रह गरेका छौँ ।”
Comments are closed.