विशाल कोअपरेटिभको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

पोखरा, १५ बैशाख

पोखरामा रहेको विशाल कोअपरेटिभ संस्था लिमिटेडको आयोजनामा शनिवार माछापुच्छ्रे गाउँपालिका वडा नं ८ को कार्यालय ल्वाङमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाले स्वास्थ्य शिविर संचालन गरेको हो ।

शिविरमा मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको थियो । अस्पतालका प्रसुती तथा स्त्रि रोग विशेषज्ञहरु डा. वविता शाह, डा. सोनम गुरुङ, डा. प्रेरणा भट्टराई, ल्याव टेक्निसियन सुजन पराजुली, निरु श्रेष्ठ लगायतको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

jutta mela

शिविरमा ८६ जना महिलाको निशुल्क स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको स्वास्थ्य उपसमिती संयोजक वुद्धीप्रसाद पौडेलले जानकारी दिए । शिविरमा महिलाका विभिन्न रोग का साथै पाठेघर सम्वन्धी रोग परिक्षण गरिएको थियो । कार्यक्रममा डाक्टर प्रेरणा भट्टराई र स्वास्थ्यचौकी ईन्चार्ज आनन्द बरालले स्वास्थ्य सम्वन्धी सचेतना पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथी वडा अध्यक्ष कृष्ण दवाडीले सहकारीले गरेको कामको प्रसंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्नुपर्ने बताए । कार्यक्रममा संस्थाका अध्यक्ष भुवन नेम्कुलको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष जगन्नाथ ढकालले गरेका थिए ।

संस्थाका सचिव सुदीप ढकालले सहकारीको मुल्य मान्यता अनुशार विगत ४ बर्ष देखी संस्थाले निरन्तर यस्ता कार्यक्रम गर्दै आएको बताए । संस्थाको संचालक समिती, लेखा समिती, विभिन्न उपसमिती, कर्मचारी, स्थानिय स्वयमसेविका लगायत सम्पुर्णको साथ र सहयोगले कार्यक्रम सफल भएकोमा सवैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रमको संचालन रमा ढकालले गरेकी थिईन् ।

You might also like

Comments are closed.