विश्वका यी चार शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीले चढ्ने कार

काठमाडौं । विश्वका शक्तिशाली राष्ट्रका राष्ट्रपति तथा प्रधानमन्त्रीले चढ्ने कार पनि निकै शक्तिशाली हुन्छ । हालै नेपाल भ्रमण सम्पन्न गरी फर्केका चिनियाँ राष्ट्रपति सी चिनफिङको कारको चर्चा चल्दै गर्दा अन्य देशका यस्तै शक्तिशाली ब्यक्तिहरुको कार कस्तो होला भनेर चासो लाग्नु स्वाभाविक हो ।चीनका राष्ट्रपति मात्र होइन, अमेरिकी राष्ट्रपति, रुसी राष्ट्रपति र भारतीय राष्ट्रपतिको कारको वारेमा समेत हामीले चर्चा गर्ने प्रयास गरेका छौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार

jutta mela

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीएमडब्ल्यु ७ सिरिज ७६० एलआई कार चढ्छन् । यो भारतको सबैभन्दा सुरक्षित कार मानिन्छ । बीएमडब्ल्यु ७ सिरिज ७६०एलआई विशेषगरी प्रधानमन्त्री नरेन्द्र मोदीको लागि निर्माण गरिएको थियो ।

यो एक सेक्युरिटी एडिसन कार हो । सो कारलाई ह्यान्डगन र एके ४७ ले पनि केही असर पार्न सक्दैन । सो कार पुरै भीआर७ ग्रेड ब्लास्टिक प्रोटेक्सन र पाट्र्सले बनेको छ । यसमा माइन्स र बमले पनि कुनै असर गर्दैन । सो कारको टायर पन्चर हुँदा पनि केही किलोमिटर सम्म गुडाउन सकिन्छ ।

सो कारको क्याबिन ग्याँस हमलामा पनि आफै ग्याँस सेफ चेम्बरमा परिवर्तन हुन्छ । सो कारमा ५ लिटरको इन्जिन जडान गरिएको छ जसले ३७५ बीएचपीको पावर जेनेरेट गर्छ । सो कारको फ्रन्ट विन्डस्क्रिन ५ इन्च मोटो रहेको छ र यसको बडी मिलिटरी ग्रेडबाट बनेको छ ।

चिनियाँ राष्ट्रपति चिनफिङको सुरक्षित कार

 

चिनियाँ राष्ट्रपति सी चिनफिङ विदेश यात्राको समयमा लिमोजिन होङकी एन५०१ साथमा लिएर जाने गर्छन् । होङकी एन५०१ एक लामो, चौडा र कालो रङको लिमोजीन रहेको छ । यसको झ्याल र ढोकामा हतियार जडान गरिएको छ ।

सो कार चीनको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी चाइना फस्र्ट अटो वक्र्सले विशेषगरी चिनफिङको लागि निर्माण गरेको हो । सो कारको मूल्य करिव ९ करोड रुपैयाँ पर्छ । अतिरिक्त सेफ्टी फिचरसँगै सो कारको मूल्य पनि बढ्ने गर्छ ।

सो कारमा टर्बो चाज्र्ड भी८ इन्जिन जडान गरिएको छ । जसले ४०२ हर्स पावर जेनेरेट गर्छ । सिंगल ग्याँस ट्यांक फुल हुँदा सो कार ५०० मिलसम्म गुड्न सक्छ । सो कार १ सेकेन्डमा १०० किलोमिटरको स्पिडमा गुड्छ । सो कार ३१५२ किलोग्राम रहेको छ । सो कार १८ फिट लामो, ६.५ फिट चौडा र ५ फिट उचाई रहेको छ । सुरक्षाको दृष्टिकोणले सो कार विश्वको सबैभन्दा सुरक्षित कार मानिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार

अमेरिकी राष्ट्रपतिको कारलाई ‘द बिस्ट’ भनिन्छ । लिमोजिनको नयाँ भर्सन कार द बिस्ट विशेषगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि निर्माण गरिएको हो । द बिस्ट हरेक प्रकारको हमलाबाट बच्नको लागि बनाइएको कार हो । गोली, बम देखि रासायनिक हमलाबाट पनि सो कारमा केही नोक्सानी पु¥याउन सकिदैन । सो कारको रङ कालो र सेतो मिश्रित कार हो ।

सो कारको टायर कहिले पनि पन्चर हुँदैन । यदि यो टायर नष्ट भएमा पनि रिमको भरमा पनि कार गुडाउन सकिन्छ । कारको बडी ५ इन्च मोटो स्टिल, आल्मुनियम, टाइटेनियमले बनेको छ । सो कारको फ्युल ट्यांकमा एक विशेष प्रकारको फोम जडान गरिएको छ जसमा सिधा हमलामा पनि आगो लाग्दैन । कारको चेसिसलाई बमले केही असर गर्न सक्दैन । सो कारमा जडान गरिएको ८ इन्चको ढोका बोइङ विमानको ढोकाभन्दा भारी रहेको छ । सो कारको पछाडिको सीटमा स्याटेलाइट फोनको पनि सुविधा रहेको छ । राष्ट्रपति ट्रम्पले उपराष्ट्रपति र पेन्टागनसँग सिधा कुरा गर्न सक्छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शक्तिशाली कार

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अनौठो स्टाइलको कारणले विश्वभर चर्चित छन् । साथै उनी आफ्नो आर्मर्ड कार, जसलाई कोर्टेज औरस नाम राखिएको छ, को कारण पनि चर्चित छन् । सो कार रुसमा करिब ६ वर्षमा तयार पारिएको थियो । सो कार रुसको केन्द्रीय वैज्ञानिक अनुसन्धान अटोमोबाइल र मोटर वाहन इन्जिन संस्थानले सालर्स जेएससी कम्पनीको सहयोगमा निर्माण गरिएको थियो ।

सो कारमा ६.६ लिटरको भी १२ इन्जिन जडान गरिएको छ । सुरक्षाको लागि नाइट भिजन क्यामेरा, अश्रु ग्याँस बेअसर गर्नको लागि मोटो प्रोटेक्सन लेयर पनि समावेश गरिएको छ । सो कारको तौल ६.५ टन छ । कारमा रासायनिक हमलाले पनि केही असर पु¥याउन सक्दैन । सो कारमा अक्सिजन सप्लाई ट्यांक र ब्लडको पनि व्यवस्था गरिएको छ । सो कार पानीमा पनि डुब्दैन । पानीमा सो कार सब्म्यारिन जस्तै तैरिन्छ ।

You might also like

Comments are closed.