विश्वमा चलेको ‘च्यान्दलर’ ओखर मुस्ताङमा

वातावरणको संरक्षण गरौं, आर्थिक उपार्जनमा जोड दिऔं

सवी गौचन शेरचन

मुस्ताङको थासाङ गाउँपालिका सौरू गाउँ मेरा बुवा मुवाले असिना पसिना बगाइएको ठाउँ हो । ३५ रोपनी जग्गाको स्याउ फर्ममा झन्डै चार महिना अगाडि ५० वटा बोट ‘च्यान्दलर’ जातका दाँते ओखर रोपिएको थियो । टर्किबाट आयात गरि मुस्ताङ जिल्लामै पहिलो पटक फर्म र गाउँमा रोपिएको उक्त बोटले फल पनि हाल्न सुरू गरिसकेछ । फल देख्न पाउँदा ज्यादै हर्सित भएकी छु ।

ओखर लगायत सम्पूर्ण रेखदेख गर्नुहुने बुधे दाई, भाउजू, चन्द्र प्रसाद बाबु लगायत निशालाई धेरै धेरै धन्यवाद । वातावरण दिवसको दिनमा ओखरको बोट, बुवा र मुवाले लगाउनु भएको स्याउ, घर खेतको फोटो खिचेर पठाउनु हुने भाइ सोजन हिराचनलाई धेरै धेरै धन्यवाद । आफू जन्मेको बाल्यकाल बिताएको घर खेत देख्दा धेरै सम्झना आउने र बुवा मुवाको अभावमा भावुक पनि भएकी छु ।

jutta mela

वातावरणको संरक्षण गरौं, आर्थिक उपार्जनमा जोड दिऔं

खन्ती गाउँको बगरमा पनि ओखर राम्रो भएको थाहा पाउँदा खुशी लागेको छ । अर्को साल बाजो रहेको खेतहरूमा, कालिगण्डकीको किनारतिर भू–संरक्षण पनि हुने, हरियाली पनि हुने र आर्थिक उपार्जन पनि गर्न सकिने भएकाले ओखर, स्याउ जस्ता फलफुल लगाउन प्रयत्न गरौं । ओखरबाट तीन वर्षमै हामीले आम्दानी लिन सक्नेछौं ।

विश्वमा अहिले चलेको सबभन्दा राम्रो ओखर हो । यो लगभग १०० वर्ष पहिले अमेरिकाको क्यालिफोर्नियामा च्यान्दलर नामका कृषि वैज्ञानिकले विकसित गरेका हुन् । यो विरूवा च्यान्दलर पोथि र फ्याङकुयेते भाले गरि दुई जातको हुन्छ ।

You might also like

Comments are closed.