विश्वलाई चकित बनाउँदै गभर्नरको सपथ

सुरेन्द्र पौडेल
काठमाडौं । लायन्स क्लब्स अन्तर्राष्ट्रियको १०२औं इटाली कन्भेन्सनमा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका लायन वर्ष २०१९/२० का गभर्नर इन्दु लम्सालले जुलाई ९ (असार २४) गते सपथ लिएकी छन् । लायन्स अन्तर्राष्ट्रियका अध्यक्ष जुङ युल चोइबाट लम्सालले गभर्नरको सपथ लिएकी हुन् ।

संगठन विस्तारमा संसारका २ सय १२ देशलाई पछाडि पार्दै लम्साल नेतृत्वको डिष्ट्रिक्ट ३२५ बि १ नेपालले विश्वलाई चकित बनाउन सफल भएको छ । सपथ लिदै गर्दा लम्सालले ८४ वटा नयाँ क्लबको दर्ता गर्न सफल भएकी छन् । इन्टरनेशनल कन्भेन्सनमा एउटै डिष्ट्रिक्टबाट यतिधेरै क्लब रजिस्टर भएको नेपालमा मात्रै नभई लायन्स अन्तर्राष्ट्रियमै पहिलो रेकर्ड भएको क्याबिनेट सेक्रेटरी विनोद ढुंगानाले जानकारी दिए ।

jutta mela

संगठन विस्तारमा कीर्तिमान कायम गरेको अवार्ड लम्सालले इटालीमा ग्रहण गरिरहदा सँगैसँगै नेपालको झण्डा पनि फरफराई रहेको थियो । लम्सालले सपथ लिँदा कन्भेन्समा सहभागी नेपालीहरुले तालि बजाएर उत्साह थपिरहेका थिए । उक्त क्षण नेपालीहरुले गौरव गर्न लायक रहेको प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले जानकारी दिए ।

इटालीको मिलान शहरमा भइरहेको कन्भेन्सनमा स्थानीय समय अनुसार दिउसो १२ बजेर ५ मिनेट जाँदा लम्सालले सपथ लिएकी हुन् । ‘विश्वमा नयाँ रेकर्ड राख्दै सपथ लिन पाउँदा म निकै खुसी छु,’ उनले इटालीबाट टेलीफोनमा भनिन्, ‘अब वर्ष भरी सेवा कार्यक्रममा पनि डिष्ट्रिक्टले संसारमै नयाँ रेकर्ड राख्नेमा म विश्वस्त छु ।’ लम्साल जुलाई ११ मा नेपाल फर्कने कार्यक्रम छ । नेपाल फर्किएसँगै जुलाई १२ मा डिष्ट्रिक्टको चेयरिङ कार्यक्रम हुनेछ ।

आफ्नो कार्यकालको पहिलो कार्यक्रम अन्तर्गत जुलाइ १३ मा काठमाडौंको लायन्स पार्क भ्यु टावरमा बृहत वृक्षरोपण कार्यक्रममा सहभागी हुने गभर्नर लम्सालले जानकारी दिइन् । जुन कार्यक्रममा १ सय ५० वटा भन्दा बढी लायन्स क्लबहरुको सहभागिता रहनेछ । ५ सय भन्दा बढी लायन्स सदस्यहरुको उपस्थितिमा कार्यक्रम गरिने कार्यक्रम संयोजक रामशरण रिमालले जानकारी दिए ।

You might also like

Comments are closed.