विस्तारै खुल्न थाले अमेरिकी अटो उद्योगहरु

काठमाडौं ।

अमेरिकी अटो उद्योग विस्तारै खुल्न थालेको छ । लकडाउन पछि अमेरिकाको जनजीवनमा केही सुधार आएको छ भने अटो बजार पनि खुल्न थालेको छ । साथै सवारी साधनको आपूर्ति पनि बढेको छ । अटो क्षेत्रमा १ लाखलाई रोजगारी दिने नीति पनि ल्याएको छ ।

५२ वर्षीय ल्यारी स्मिथका अनुसार घर भन्दा टाढा बसेर काम गर्नुपर्ने भएकाले डराइरहेका छन् । कम्पनीले सबै सावधानीहरु अपनाएको हुनाले केही राहत मिलेको तर पनि भगवान भरोसा बस्नु परेको बताएका छन् । फिएट क्रिस्लर अटोमोबाइल्स (एफसीए)ले युएसको लागि ४ प्लान्टहरु खोलेको छ । अटो क्षेत्र खोल्दा अमेरिकाका उद्योगहरुमा रहेका श्रमिकहरु पुनः काममा फर्कन्छन् कि फर्कदैनन् भन्ने निरीक्षण भइरहेको छ ।

jutta mela

अटो क्षेत्रहरुले सुरक्षाको लागि मास्क, स्यानिटाइजरको प्रयोग र सामाजिक दुरी कायम राखेर कम्पनी खोलिएको छ । लिंकन पार्ककी ६१ वर्षीय थेरेसा सेगुरा भर्खरै काममा फर्केका छन् । जसले भर्सर कोरोना भाइरसको सकारात्मक परीक्षण गरिसकेका थिए । सेगुरा सन १९९३ देखि ट्रक प्लान्टमा काम गरिरहेका थिए ।

जीएम, फोर्ड मोटर र एफसीएले पनि उत्तर अमेरिकामा उद्योग खोल्न तयारी गरिरहेका छन् । जसले अमेरिकाको ६ प्रतिशत आर्थिक स्थिति बढाउने काम गर्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार मिशिगनको फोर्ड म्यानुफ्याक्चरिङ प्लान्टमा भ्रमण गर्दै छन् । सो कम्पनीले ह्वाइट हाउसका अनुसार भेन्टिलेटर र व्यक्तिगत सुरक्षात्मक उपकरणहरु बनाउन थालेको छ ।

You might also like

Comments are closed.