वि.पि बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार

तनहुँ, २९ बैशाख
व्यास ३ स्थित वि.पि. खेलमैदानमा निर्माणका लागि प्रस्ताव गरिएको वि.पि. बहुउदेश्यीय रङ्गशालाको डिपिआर तयार भएको छ । आइतवार व्यास नगरपालिकामा आयोजित एक कार्यक्रममा डिजाइनको सार्वजनिक गर्दै अन्तरक्रिया गरिएको छ ।

भ्यान्कटेस इन्जिनियरिङ्ग एशोशियटले तयार पारेको डिपिआर बारे जानकारी दिंदै डाइरेक्टर तथा इन्जिनियर भुपेन्द्र श्रेष्ठले मुख्य प्याराफिटमा ३ हजार र मिनि प्याराफिटमा २ हजार गरी ५ हजार दर्शक क्षमताको मैदान डिजाइन गरिएको जानकारी दिए ।

रङ्गशालामा इलाभेन साइडको फुटवल मैदान सहित २ व्याडमिन्टर कोर्ट र भलिवल कोर्ट समेत निर्माण गरिने भएको छ । योजनाको प्रारम्भिक चरणमा नपाले ४० लाख र एन्फा तनहुँले १० लाख गरी ५० लाख वजेट छुट्याइएको नगर प्रमुख न्यौपानेले जानकारी दिए ।

jutta mela

नगर प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, नगरपालिकाका प्रवक्ता एंवम् व्यास ५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठ, वडा सदस्य रबिन पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुुषाल, व्यास नगर व्याडमिन्टन संघका अध्यक्ष जीवन गुरुङ्ग लगायतले आ–आफ्नो धारणा राख्दै सवै पक्षले सहकार्य र सहयोग गरी रङ्गशाला निर्माण गर्नु सकारात्मक भएको बताएका थिए ।

 

You might also like

Comments are closed.