वेष्ट फाइनान्सको सिइओमा तोयराज अधिकारी नियुक्त

पोखरा, २१ साउन । राष्ट्रियस्तरको वेष्ट फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर तोयराज अधिकारी नियुक्त भएका छन् । साउन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अधिकारीलाई सिइओमा नियुक्त गरिएको हो । सिइओ अधिकारीले साउन १८ गतेदेखि आफ्नो पदीय जिम्मेवारी सम्हालेका छन ।

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर र भौतिक शास्त्रमा स्नातक उत्तीर्ण गरेका अधिकारीसँग १८ वर्ष बैंकिङ अनुभव र एक वर्ष प्राध्यापनको समेत अनुभव छ । २०५७ सालमा माछापुच्छ्रे बैंकबाट बैंकिङ करियर शुरु गरेका अधिकारीले करिव १० वर्ष सोही बैंकमा कार्य गरेका थिए । २०६७ सालबाट पोखराको तत्कालिन कास्की फाइनान्समा ७ वर्ष सीईओको रुपमा कार्य गरेका थिए ।

कास्की फाइनान्स कामना विकास बैंकमा मर्ज भएपछि उनी कामना विकास बैंकको सीईओ भएका थिए । कामना विकास बैंक र सेवा विकास बैंक मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा डेपुटी सिइओ रहेरसमेत कार्य गरेका थिए ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीमा समेत कार्यकारी तहमा रही काम गरेको अनुभव अधिकारीसँग छ । मजर्रपछि ठूलो संस्थाको रुपमा स्थापित भएको बेष्ट फाइनान्समा आफ्नो अनुभव र क्षमतालाई कुशलतापूर्वक प्रयोग गर्दै उत्कृष्ट वित्तीय संस्था बनाउने अधिकारीले बताए ।

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको वेष्ट फाइनान्सका हाल १४ वटा शाखा छन् । फाइनान्सको निक्षेप २ अर्ब २५ करोड रुपैयाँ छ भने कर्जा लगानी करिब २ अर्ब रुपैयाँ छ ।

lcci
You might also like

Comments are closed.