वैज्ञानिक भाडादर कायम गर्न विभागलाई ट्याक्सी व्यवसायीको सुझाव

काठमाडौं । सार्वजनिक सवारीमा वैज्ञानिक तथा समय सान्दर्भिक भाडादर कायम गर्न व्यवसायीहरुले यातायात व्यवस्था विभागलाई सुझाव दिएका छन् । विभागले भाडादर समायोजनका लागि ट्याक्सी व्यवसायीहरुसँग छलफल गरेको थियो । सार्वजनिक यातायातको वैज्ञानिक भाडादर निर्धारण समितिले भाडादर निर्धारणका लागि छलफल गर्ने क्रममा ट्याक्सी व्यवसायीहरुसँग सुझाव मागेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले जानकारी दिए ।

ट्याक्सी व्यवसाय अन्तर्गतको भाडा सम्वन्धी बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ट्याक्सी तर्फको भाडा समायोजन समितिका सदस्य तथा पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारी, मिटर ट्याक्सी सेवा प्रा.लि. काठमाडौंका अध्यक्ष हरिकृष्ण बस्नेत लगायतले विभागलाई सुझाव दिएका थिए । ट्याक्सी लगायत सार्वजनिक यातायातमा वैज्ञानिक भाडादर कायम गर्न उनीहरुले विभागलाई सुझाव दिएका हुन् ।

२०६९ देखि अहिलेसम्म भाडा समायोजन नभएकाले समय सापेक्ष रुपमा समायोजन गरिनुपर्ने सुझाव विभागलाई दिएको तिवारीले आर्थिक आवाजलाई जानकारी दिए । छलफलमा नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला लगायतको उपस्थिति थियो ।

You might also like

Comments are closed.