व्यवसायीको गुनासो सुन्न हेल्प डेस्कको सुरुवात

पोखरा । कोरोना भाइरस कोभिड १९को कारण उत्पन्न असहज अवस्थामा व्यवसायी र उपभोक्ताको गुनासो सुनी सहजीकरण गर्नको लागि पोखरा चेम्बर अफ कमर्स कास्कीले हेल्प डेस्कको सुरुवात गरेको छ ।

पोखरा चेम्बरले सञ्चालनमा ल्याएको टोल फ्री नम्बर १६६०६१५२०११ मार्फत उद्योगी तथा उपभोक्तालाई आवश्यक पर्ने औषधी, खाद्यान्य लगायतका दैनिक उपभोग्य बस्तुको सहज आपुर्तीका लागि सहजीकरण गरिने अध्यक्ष किसान सुनारले जानकारी दिए । हेल्प डेस्कमा बजार आपुर्तीको समस्या, व्यवसायीको स्वास्थ्य सुरक्षा र सरकारसंग समन्वय गरिेने बताए ।

उनले ‘संगै अगाडी बढा’ैं भन्ने नाराका साथ व्यवसायीक हेल्प डेस्कको रुपमा खोलिएको टोल फ्रि नम्बरमा फोन गर्दा पैसा नलाग्ने बताए । उनले हेल्प डेस्कमा चेम्बरका पदाधिकारी सदस्यहरु हरेक दिन विहान ११ देखि ३ बजेसम्म बसेर गुनासो सुनेर सम्बोधनको व्यवस्था मिलाएको उल्लेख गरे । ‘कोरोना भाइरस कोभिड १९लाई थप सक्रमण हुन नदिन नेपाल सरकारले लकडाउन गरे पछि कास्कीमा बजार आपुर्ती व्यवस्थालाई प्रभावकारी बनाउन ध्यान दिने छांै,’अध्यक्ष सुनारले भने, ‘माक्स सेनेटाइजर, साबुन एलपी ग्यासको सहज आपुर्तीका लागि समेत सहजीकरण गरिने छ ।’

jutta mela

अध्यक्ष सुनारले चेम्बरमा उपलब्ध हुने माक्स स्वास्थ्य संस्थाहरुलाई पहिलो प्राथमिकताका आधारमा प्रदान गरिने बताए । पोखरा चेम्बर अफ कमर्स कास्की अन्तर्गतका पोखरा महानगरका ८ इकाईहरुले व्यवस्थापन गरेको माक्स दोश्रो चरणमा आम नागरिकलाई निशुल्क रुपमा वितरण गर्ने जनाए ।

चेम्बर अफ कमर्स कास्कीले सहज आपुर्ती व्यवस्थापनको लागि कहि कतै कुनै सिकायत र समस्या भएमा र कोरोना भाइरसको सक्रमण रोकथामको लागि पहल र सहजीकरणको लागि चेम्बरको तर्फबाट बस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेलको संयोजकत्वमा उच्च स्तरीय समन्व समिति समेत गठन गरेको छ ।

पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष सुनारले चेम्बरका यातायात विभागका प्रमुख मनोज रसाइलीले पोखरा भित्र अति आवश्यक सामान ढुवानीको लागि निशुल्क रुपमा ४ वटा गाडीको व्यवस्था गरेको बताए ।

You might also like

Comments are closed.