व्यवहारिक अध्यनमा जोड दिदै पोखरा कलेज अफ म्यानेजमेन्ट, यसरी गरियो पत्रकार सम्मेलन

आर्थिक आवाज
पोखरा, ४ भदौ । पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) का आठौ सेमेस्टर बिहानी सत्रका विद्यार्थीहरुले डेमो पत्रकार सम्मेलन गरेका छन् । मिडिया र सार्वजनिक सम्बन्ध विषय अन्र्तगत पत्रकार सम्मेलन गरेर व्यवहारिक अध्ययन गरिएको हो ।

छिट्टै हुन लागेको पिसिएम थाइल्याण्ड टुर २०१९ बारेमा जानकारी दिने सम्बन्धमा पत्रकार सम्मेलन गरिएको हो । विद्यार्थी स्वयम नै आयोजक, वक्ता, अवलोकनकर्ता र पत्रकार गरी ४ समूहमा विभाजित भएर कार्यक्रम सम्पन्न गरिएको विषय शिक्षक सुवास पौडेलले जानकारी दिए ।

वक्ताहरुले प्रेस विज्ञप्ति बाचन गरेपछि पत्रकारद्वारा प्रश्नोत्तर गरियो । आयोजकले हल सजावट, निमन्त्रणा साथै कार्यक्रम सञ्चाल गर्ने जिम्मा पाएका थिए भने अवलोकनकर्ताले कार्यक्रमको अन्तिम प्रतिबेदन तयार गरि कलेजलाई बुझाउने छन् ।

jutta mela

अहिलेको समयमा सैद्धान्तिक ज्ञानमा भन्दा पनि विद्यार्थीलाई व्यवहारिक ज्ञानतर्फ प्रोत्साहन गर्नलाई थप यस्ता कार्यक्रम गर्नुपर्ने पौडेलले बताए ।

You might also like

Comments are closed.