व्यापार मेलामा चेरिस्मा फेसन सो (फोटो फिचरसहित)

पोखरा, ६ माघ । पोखराको नयाँबजारमा जारी सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेलाअन्तर्गत शुक्रबार फेसन सो सम्पन्न भएको छ । नेपालका चर्चित नायिका सञ्चिता लुईँटेल ¥याम्पमा उत्रिएकी थिइन् । चेरिष्मा इम्पोरियमको प्रायोजनमा ‘फेसन सो’ आयोजना गरिएको हो ।

फेसन सो हेर्नका लागि महोत्सवस्थलमा खचाखच दर्शक उपस्थित भएको चेरिस्माका सञ्चालक तथा मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघ कार्यसमिति सदस्य तथा महिला उद्यमी उपसमिति संयोजक सीता बरालले जानकारी दिइन् ।

‘फेसन सोमा नेपालका चर्चित पुरुष तथा महिला मोडलहरु सहभागी थिए,’ उनले भनिन्, ‘फेसन सो मा सांंगीतिक कार्यक्रम पनि समावेश गरिएको थियो ।’

You might also like

Comments are closed.

Secret Link