व्यापार मेलामा मोबाइल एक्सचेञ्ज अफर, मोबाइलमा ५०प्रतिशतसम्म छुट

पोखरा, २ माघ । पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ मा मोवाइल एक्सचेञ्ज अफर समावेश गरिएको छ । मेलाअन्तर्गत डोममा राखिएका विभिन्न ब्राण्डका मोवाइल कम्पनीहरुले पुरानो मोवाइल ल्याउनेलाई नयाँ मोवाइल दिने योजना सार्वजनिक गरेका हुन् ।

‘हामी पुरानो मोवाइलको मूल्याङ्कन गरी त्यसको बदलामा अर्को मोवाइल दिन्छौ’ नेपाल मोवाइल बिक्रेता संघ कास्कीका अध्यक्ष शिवराज पहारीले भने,‘ नयाँ मोवाइल चाहनेहरुलाई यो भन्दा सुनौलो अवसर अर्को हुन सक्दैन ।’ उहाँका अनुसार मेलामा राखिएका मोवाइल स्टलहरुले विभिन्न उपहार योजनासहित ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरिएको छ । एक्सचेञ्ज अफरमा सहभागी हुन चाहनेहरुले नागरिकता, लाइसेन्स वा हुलिया खुल्ने प्रमाणपत्र भने ल्याउनुपर्नेछ । मेलामा नेपालमा चल्तीमा रहेका सबैजसो मोवाइलका स्टलहरु राखिएका छन ।

jutta mela

संघका महासचिव दामु अधिकारीका अनुसार पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ । मेला समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहार राखिएको छ । सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । उनका अनुसार मंगलबारसम्म करिब ८० हजारले मेलाको अवलोकन गरेका छन् भने ५ करोडजतिको कारोवार भएको अनुमान गरिएको छ ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका महासचिव अधिकारीले बताए ।

मंगलबार म्याक्स, एल्बिन थापा, आनन्द बज्राचार्यको साथमा डिजे सेसन पनि समामेश रहेको छ भने लोकदोहोरी गायकहरु रमेशराज भट्टराई, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुङ, तारानाथ आचार्य, तुलसा जिसी, सजना बास्तोला, अनिल ढकाल लगायतका कलाकारहरुले दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । साँस्कृतिक उपसमितिका संयोजक पवनकुमार प्रजापतिका अनुसार रत्यौली प्रतियोगिताले पनि मेलामा रौनक थपेको छ । बुधबार मेलामा लोकदोहोरी गायक प्रजापति पराजुली, शिव हमाल, शंकरविरही गुरुङ,रामजी पौडेल, माया गुरुङ, ईश्वर सिँह, राज विश्वकर्मा, माया केसीले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । यसैगरी पपतर्फ योगेसकाजी, , सागर शाह, रजनी राई र साथमा डिजे सेसन समेत समावेश गरिएको छ । त्यसैगरी हाँस्यकलाकार रिया श्रेष्ठ पनि मेलाको आकर्षण रहनेछिन् ।

You might also like

Comments are closed.