शनिबारदेखि पेट्रोलियम पदार्थको मूल्य बढ्दै, कति बढ्ला मूल्य ?

काठमाडौं । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्दै आइरहेको नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेकाले नेपालमा समेत बढाउनुपर्ने अवस्था आएको निगम स्रोतले बताएको छ ।

भाऊ फेरि बढाउने तयारी गरेको छ । शनिबारदेखि लागु हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाउने तयारी गरेको हो । अगस्ट १ (शनिबार) देखि लागु हुने गरी मूल्य बढाउने तयारी भएपनि कति रुपैयाँले मूल्य बृद्धि हुन्छ निगमले खुलाएको छैन ।

You might also like

Comments are closed.