शनिबार कोरोना संक्रमित भन्दा सन्चो हुने धेरै

काठमाडौं ।नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार ३ सय ३३ पिसिआर परिक्षण् गरिएकोमा १ हजार २ सय ४ जनामा संक्रमण देखिएको हो । यस सँगै संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ४५ हजार २ सय ६७ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.