शिव गोरक्षनाथ पीठ सिद्धाश्रमलाई कामना सेवा विकास बैंकको सहयोग

आर्थिक आवाज
पोखरा । कामना सेवा बिकास बैंक लिमिटेडले पोखरा महानगरपालिका वडा नं. ३१, लेखनाथको पचभैयाको किंवेशीमा अवस्थित शिव गोरक्षनाथ पीठ सिद्धाश्रमलाई सहयोग गरेको छ । सिद्धाश्रमको पुर्वाधार विकास एवं भौतिक निर्माणको लागि बैंकले आर्थिक सहयोग गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ । सिद्धाश्रमका अध्यक्ष खेमनाथ भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि बैंकका संचालक चतुराखर अधिकारीले संस्थागत सामाजिक उत्तरदायित्व बैंकले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताए ।

बैंकका संचालक देवकृष्ण काफ्लेले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रही नेपाल भरिमा धेरैजसो सामाजिक संघ संस्था र लक्षित वर्गमा यस्ता प्रकारका सहयोगहरु प्रदान गर्दे आएको बताए ।

jutta mela

बैंकका स.महाप्रवन्धक टुवराज बास्तोलाले बैंकको समग्र वित्तीय अवस्थाको वारेमा प्रकाश पार्दै अब रुपैयाँ पैसा आफ्नो कन्तुर, सन्दुस वा ढुकुटीमा नराखी बैंकमा नै लगेर राख्नु पर्ने बताए । गोरक्षनाथ पीठ सिद्धाश्रमलाई १ एक लाख रुपैयाँ सहयोग गरिएको उनले जानकारी दिए । यस अगाडि पनि २ दुई लाख रुपैयाँ बैंकले सिद्धाश्रमलाई सहयोग गरिसकेको थियो ।

सिद्धाश्रमका मठाधिस श्री योगी वलभद्रनाथको संरक्षकत्व र दैनिक रेखदेखमा संचालनमा रहको सिद्धाश्रममा वि.सं २०४१ सालमा योगी श्री नरहरीनाथले कोटीहोम लगाएका र उक्त कोटीहोमको अग्नि तत्कालीन समयदेखि हालसम्म पनि प्रज्वलित नै रहेको बताउंदै यस्को विशेष महत्व रहेको बताए ।

You might also like

Comments are closed.