‘संघको सहयोग बिना विदेशी लगानी भित्र्याउनु फलामको चिउरा चपाएजस्तो’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले संघ सरकारको सहयोग बिना प्रदेशमा विदेशी लगानी भित्राउनु असम्भवजस्तै भएको बताएका छन् । गण्डकी प्रदेश विकास परिषदको प्रथम बैठकको उद्घाटन शत्रलाई सोमबार पोखरामा सम्बोधन गर्दै उनले गण्डकी प्रदेशका लागि १० खर्ब विदेशी लगानी भित्राउने योजना सरकारले बनाएको भन्दै यो योजना संघ सरकारको सहयोग बिना सम्भव नहुनेपनि बताएका हुन् । हामीले १० खर्ब लगानी भित्राउने भनेका छौं,‘उनले भने,‘तर संघ सरकारको सहयोग बिना ल्याउनु भनेको फलाम चिउरा चपाउनुजस्तो हो ।’

मुख्यमन्त्री गुरुङले प्रदेशसँग समन्वय नगरी स्थानिय तहले बनाएको योजनामा हालेको लगानी बालुवामा पानी खन्याएजस्तो हुने टिप्पणी गरेका छन् संघ सरकारले बनाएको पञ्च वर्षिय योजनालाई पछ्याउँदै प्रदेश सरकारले पञ्च वर्षिय योजना बनाएपनि स्थानिय तहले आफूखुशी कागजी योजना बनाउँदा त्यसले परिणाम राम्रो नदिने बताए । गण्डकी प्रदेशमा ८५ वटा स्थानिय तह छन्,‘यी सबैले कागजी मात्रै योजना बनाएर खर्च गर्ने तर प्रदेशसँग समन्वय नगर्ने र प्रदेशको योजनासँग मिल्दो वैज्ञानिक योजना नबनाए त्यसमा हालिएको लगानी बालुवामा पानी खन्याएजस्तो हुन्छ ।’

मुख्यमन्त्री गुरुङले संघ सरकारले प्रति व्यक्ति आम्दानी १२ हजार १ सय रुपैयाँ पु¥याउने लक्ष्य पनि गण्डकी प्रदेशले १६ हजार पु¥याउने प्रक्षेपण गरेर आफ्नो योजना बनाएको बताए । तर अहिलेसम्म स्थानिय तहहरुले आफ्नो प्रतिव्यक्ति आम्दानी कति पु¥याउने भनेर योजना नबनाएको बताए । मुख्यमन्त्री गुरुङले विकासको प्रमुख चुनौतिको रुपमा भ्रष्टाचार देखा परेकाले यसको अन्त्यका लागि सबै लाग्नुपर्ने बताए । उनले प्रदेश सरकार भ्रष्टाचार रोक्दै आर्थिक अनुशासन कायम गर्न लागिपरेको बताए ।

jutta mela

नवप्रवर्तनको अभाव र खोज अनुसन्धानको अभाव विकासको चुनौति भएको बताए । उनले २० देखि ६० वर्ष उमेर समूहका जनशक्ति विदेशमा हुनुपनि विकासको चुनौतिको रुपमा रहेको औंल्याउँदै उनीहरुलाई फर्काउनु र यहाँ भएकालाई नेपालमै बसिराख्ने वातावरण निर्माण गर्नु अहिलेको चुनौति रहेको बताए । उनले पुँजीको अभाव, दक्ष र प्राविधिक जनशक्तिको अभावपनि विकासको अवरोधक तत्व भएकाले सरकार अहिले पुँजी निर्माणसँगै दक्ष र प्राविधिक जनशक्ति उत्पादनमा लागेको बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेशमा स्वास्थ्यको ज्ञारेन्टी गर्न स्वास्थ्य विमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै उनले जिल्ला अस्पतालहरुको सुदृढिकरण गर्दै शैय्या बढाउने, औषधीको पर्याप्त प्रबन्ध गर्नेलगायतका कार्यपनि गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

You might also like

Comments are closed.