संघीयता कार्यान्वयनमा अलमल हुँदा परम्परावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरे ः सभामुख अधिकारी

पोखरा, ४ फागुन

jutta mela

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले परम्परावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश सरकारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘ संघीयता कार्यान्वयनमा अलमल हुँदा परम्परावादीहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरे ।’ उनले संघीयता ठीक ढंगले कार्यान्वयन नगरिए खतरा उत्पन्न हुनसक्ने सम्भावना रहेको औंल्याए ।

सभामुख अधिकारीले तीन तहको सरकार मध्ये कुनै एक असफल भए सबै सरकार असफल हुने चेतावनी दिए । उनले भने,‘सबै सरकार सफल हुनुपर्छ, नत्र स्थानिय सरकार असफल भयो भने प्रदेश सरकार असफल हुन्छ, अनि प्रदेश सरकार असफल हुनु भनेको संघ सरकार नै असफल हुनु हो, त्यसैले सहअस्तित्व र समझदारीमा अघि बढ्नुको विकल्प छैन ।’

You might also like

Comments are closed.