संघ भित्रको एकताले लेखनाथ महोत्सव सफल

सुमन भट्टराई
पूर्व अध्यक्ष, लेखनाथ उद्योग वाणिज्य संघ

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा वर्षेनी हुने लेखनाथ महोत्सवले अदभूत खालको सफलता प्राप्त गरेको छ । संघ भित्रको एकताले नै महोत्सवलाई यो सफलता दिलाउन योगदान पु¥याएको छ । यो एकतालाई सधैंभरी कायम राख्न जरुरी छ । लेखनाथ उद्योग वाणिज्य संघ आयोजक भएपनि लेखनाथमा रहेका सम्पूर्ण संघसंस्था तथा लेखनाथबासीहरुको अपनत्व प्राप्त गर्न सक्नुपनि महोत्सवको सफलता हो । महोत्सव हेर्नका लागि लेखनाथ जानुपर्छ भन्ने पहिचान बन्न सक्नु नै हाम्रो सफलता हो ।

महानगर भित्र रहेपनि लेखनाथ क्षेत्र अझै पनि पीछडिएको नै छ । यस क्षेत्रको विकासको लागि महोत्सवको आयोजना गरेका हौं । महोत्सवले शहरदेखि गाउँसम्मका मानिसको एकै स्थानमा भेट गराउँछ । यसलाई साझा पर्वको रुपमा विकास गरेका छौं । लेखनाथ तथा यस आसपासमा उत्पादन गरिएका वस्तुको प्रवद्र्धन तथा प्रदर्शन महोत्सवमा गरिन्छ । उत्पादक र उपभोक्ता जोड्ने पुलको रुपमा पनि महोत्सव रहेको छ ।

jutta mela

आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवको महत्वपूर्ण भुमिका रहन्छ । उद्योग व्यवसायको प्रवद्र्धन पनि महोत्सवमा हुने गरेको छ । साँस्कृतिक पाटोसँग पनि महोत्सव जोगिएको छ । यस क्षेत्रमा रहेका विभिन्न जातजातिको संस्कृति, परम्परा तथा रीतिरिवाज पनि महोत्सवमा प्रर्दशन गरिन्छ । प्राय सबै उमेर समूहका दर्शकलाई समेट्ने गरी कार्यक्रम गर्दै आएका छौं । बालबालिका, युवा पूस्ता तथा वृद्धवृद्धा सबैको उल्लेख्य सहभागिता महोत्सवमा रहन्छ ।

You might also like

Comments are closed.