संसारभर ८ लाख मानिसमा कोरोना संक्रमण

मृत्यु हुने संख्या ३७ हजार ८ सय

काठमाडौं । चीनको वुहानमा गत डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले समग्र संसारलाई प्रभावित पारेको छ । भाइरस संक्रमण दर पछिल्लो समय निकै बढेको छ । संसार नै यतिबेला लकडाउनको अवस्थामा पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले गराएको अपडेट अनुसार मंगलबारसम्म करिब ८ लाख मानिसमा कोरोना संक्रमण देखिएको छ । मंगलबार दिउसोसम्म ७ लाख ८८ हजार जनामा कोरोना संक्रमण भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको हो ।

मृत्यु हुने संख्या ३७ हजार ८ सय ७७ छ । १ लाख ६६ हजार ४ सय ११ जना उपचारपछि निको भइसकेका छन् । लाखौं मानिसहरु यतिबेला उपचाररत छन् । चीनपछि पछिल्लो समय युरोप बढी प्रभावित भएको छ । युरोपको इटाली, स्पेनबढी प्रभावित छ । अमेरिकामा पनि कोरोना भाइसरको संक्रमण दिनप्रतिदिन बढिरहेको छ ।

jutta mela

कोरोना संक्रमणको अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

You might also like

Comments are closed.