संस्थागत र होम आइसोलेसनमा कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं । नेपालमा कोरोना संक्रमित बढ्ने क्रम जारी छ । ७ वटै प्रदेशमा कोरोना संक्रमण फैलिएको छ । सक्रिय संक्रमित मध्य १३६५४ जना संस्थागत आइसोलेसन र १७१६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा सक्रिय संक्रमित मध्य १४७७ जना संस्थागत आइसोलेसन र २१६४ होम आइसोलेसनमा छन् । त्यसैगरी प्रदेश २ मा ५०९ जना संस्थागत आइसोलेसन र ५७९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बागमति प्रदेशमा संस्थागत आइसोलेसनमा ९१०३ जना र होम आइसोलेसनमा ११२०६ जना रहेका छन् । गण्डकी प्रदेशमा ६२५ जना संस्थागत आइसोलेसन र ५८० जना होम आइसोलेसनमा रहेका छन् ।

लुम्बिनी प्रदेशमा १२७२ जना संस्थागत आइसोलेसन र १५८४ जना होम आइसोलेसनमा छन् । कर्णाली प्रदेशमा ११४ जना संस्थागत आइसोलेसन र ६४० जना होम आइसोलेसमा छन् ।

You might also like

Comments are closed.