सक्षम जनशक्तीलाई विदेश पलायनबाट रोक्नुपर्छ : क्षेत्री

 

पोखरा, १० जेठ

पोखरामा रहेको सृजना विकास केन्द्रको आयोजना र सृजना महिला बचत तथा ऋण सहकारी संस्था सगँको सहकार्यमा प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।

jutta mela

तालिमको उद्घाटन कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिती कास्कीका सभापति वैन बहादुर क्षेत्रीले तालिम महत्वपुर्ण भएको वताए । युवालाई व्यवसायमा आर्कर्षित गरी व्यवसाय शुरु गर्न तथा सुधार गर्नका लािग पनि सामाजिक संघ संस्था तथा सहकारीको महत्वपुर्ण भुमिका रहेको उनको भनाई छ । ब्रेन ड्रेन मुख्य समस्या भएकोले सक्षम जनशक्तीलाई नेपालमा नै काम गर्ने वातावरण वनाएर विदेश पलायन रोक्नुपर्ने वताए ।

कार्यक्रमका अध्यक्ष तथा सृजना विकास केन्द्रका कार्यवहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेलले तालिम लिएपछि व्यवहारमा उतार्नुपर्ने वताए । समाज रुपान्तरणका लागि तालिम महत्वपुर्ण बन्ने उनको भनाई छ । स्थापनाकाल देखी नै विभिन्न सामाजिक काम गर्दै आएको सृजना विकास केन्द्रले पोलिक्लिनिक ईन्स्टिच्युट खोल्ने तयारी गरिरहेको पनि उनले बताए । सृजना विकास केन्द्रका सल्लाहकार समितीका सभापती तथा पुर्व अध्यक्ष राजकुमार गिरीले तालिममा सहभागी सफल तथा सक्षम प्रशिक्षक बन्नुपर्ने बताए । व्यवसायलाई उत्कृष्ट तथा व्यवस्थित बनाउन पनि तालिम फलदायी रहने उनको विश्वास छ ।

कार्यक्रममा अतिथी तथा सहभागीलाई स्वागत गर्दै सृजना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा कार्यक्रम संयोजक पवित्रा के.सीले कार्यक्रमका वारेमा प्रष्ट पारेकी थिईन् ।

तालिममा प्रशिक्षकहरु निर्मल सिग्देल र छत्रबहादुर खत्रीले सहजिकरण गर्नेछन् । तालिम दिनका लागि सक्षम बनाउनुका साथै उद्यमशिलता सम्वन्धी विषय पनि तालिममा रहेको प्रशिक्षक निर्मल सिग्देलले वताए । तालिम लिएपछि सिकेका कुरालाई व्यवहारमा उतार्नुपर्नेमा उनको जोड छ ।

कार्यक्रममा पोखरा ८ का वडा सदस्य किरण गौतम, पुष्पराज सिग्देल, सहकारीका पुर्व अध्यक्ष तथा सल्लाहकार शान्ती शर्मा लगायतले वोलेका थिए । तालिममा २५ जना सहभागी छन् भने तािलम १६ गते सम्म चल्नेछ । उद्घाटन कार्यक्रमको संचालन सृजना विकास केन्द्रका सचिव चन्द्र गिरीले गरेका थिए ।

You might also like

Comments are closed.